ट्रम्पद्वारा ६ मुस्लिम राष्ट्रका आप्रवासीमाथि प्रतिबन्धको तयारी
काठमाडौं १२ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्व प्रतिवद्धता अनुरुप अमेरिका(मेक्सिको बोर्डरमा पर्खाल लगाउन सुरु गर्ने संकेत दिएका छन् । साथै केही दिनभित्रैमा ६ वटा ‘खतरनाक मुस्लिम राष्ट्र’का आप्रवासीहरुमाथि अस्थायी प्रतिवन्ध लगाउने सम्भावना बढेको छ ।
राष्ट्रपतिको चुनावी अभियानका क्रममा रिपब्लिकन ट्रम्पले मुसलमानहरुलाई अमेरिका छिर्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने वाचा गरेका थिए । त्यही वाचालाई पूरा गर्न उनले तत्काल कदम चाल्ने तयारी गरेका हुन् ।
पर्खाल लगाउने सन्दर्भमा बुधबार नै उनको कार्यकारी आदेश आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आप्रवासीमाथिको प्रतिवन्धका विषयमा भने निर्णय लिन केही दिन लाग्नेछ । प्रतिवन्ध लगाउने तयारी गरिएका राष्ट्रहरुमा इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
राष्ट्रपति ट्रम्पले मंगलबार एउटा ट्वीट गरेर ठूला घोषणाहरु आउनसक्ने संकेत गरे । उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षाका सन्दर्भमा भोलि ठूलो दिन हुनेछ । अरु धेरै कुराहरुका सााथमा हामी पर्खाल बनाउन सुरु गर्नेछौं ।’
पर्खाल लगाउनका निम्ति संघिय सरकारले सोझै रकम निकासा गर्नेछ । ट्रम्पले अर्को साता मेक्सिकोको राष्ट्रपति एनरिक पेना नियटोलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम छ ।
ट्रम्पको योजनाले सिरियाकासहित अधिकांस शरणार्थीहरुलाई अमेरिका आउनबाट रोक्नेछ । अपवादका रुपमा, उत्पीडनका कारण भागेर आएका धार्मिक अल्पसंख्यकहरुलाई भने प्रवेश दिइने छ जुन सिरिया तथा अन्य मुस्लिम राष्ट्रहरुमा रहेका क्रिस्चियनहरुको हकमा लागू हुन्छ । तर चार महिनासम्म सबै खाले शरणार्थीलाई प्रवेश निषेध गरिने बताइएको छ ।
६ वटा मुस्लिम राष्ट्रका नागरिकलाई दिने भिसामा तत्कालै रोक लगाउने पनि स्रोतहरुले जनाएका छन् । को यस्तो रोक कम्तिमा ३० दिनका लागि हुनेछ ।
भिसा प्रक्रियामा संलग्न एक अधिकारीका अनुसार ट्रम्पले अमेरिकी विदेश मन्त्रालयलाई ती राष्ट्रहरुमा भिसा रोक्नका लागि तत्काल आदेश दिने सम्भावना छ । यसैगरी निर्वासनबाट भएको बच्चाहरुका रुपमा अमेरिका आएका अवैध आप्रवासीहरुलाई संरक्षण गर्ने काम पनि बन्द गरिने शरणार्थी मुद्दाको अनुगमन गर्ने एउटा सरकारी संगठनका प्रतिनिधीले बताए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












