स्वास्थ्य केन्द्रमा औषधिको अभाव
दाङ, २० माघ । जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ ।
निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताउनुभयो । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करुपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । “कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ, इन्चार्ज केसीले भन्नुभयो ।
दक्षिण दाङको विकट कोइलावास स्वास्थ्यचौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरफ पनि नभएको त्यहाँका स्वास्थ्यचौकी प्रमुख पप्पु यादवले बताउनुभयो । जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्यचौकीमा नभएको उहाँको गुनासो छ ।
नवजात शिशुलाई सामान्य जरो आएको अवस्थामा पनि सिटामोल बितरण गर्ने अवस्था नहुँदा बिरामीलाई भारतको बालारामपुरसम्म पुग्नुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्यचौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्यचौकीले भने केही औषधिमात्र रहेको जनाएको छ ।
हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् । “माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्यचौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो ।”
त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधिबाहेक सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका सबै औषधि छैनन् । यसले गाउँवासीलाई सामान्य रोगको उपचारका लागि पनि सहरी क्षेत्र जानुपर्ने बाध्यता छ । यो अवस्था करिब छ महिनादेखि देखिँदै आएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले यसैसाता सबै स्वास्थ्य संस्थामा निःशुल्करुपमा उपलब्ध गराउने सबै औषधि पठाइने बताएपनि स्वास्थ्य मन्त्रालयले नै सम्बन्धित निकायमा पर्याप्त औषधि पठाउन नसकेपछि मुलुकका धेरै जिल्लाका स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीमा औषधि अभावको अवस्था चरमरुपमा देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धनश्याम पोख्रलले औषधि पठाउने काम भइरहेको र अबको एक सातामा सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिनुभयो । जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाबाहेक सबै स्वास्थ्य संस्थामा औषधि पठाइ सकिएको छ । पठाउन बाँकी रहेका स्वास्थ्य संस्थामा पनि छिट्टै नै औषधि पठाइने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताउनुभयो ।
उहाँले भन्नुभयो “औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।”
अहिले पठाएको औषधि स्वास्थ्य संस्थामा करिब तीन महिनासम्म पुग्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ ।
कार्यालयले हाल ३१ प्रकारको औषधि खरिद गरेको र थप औषधि खरिदका लागि फेरि ठेक्का गरिने जनाएको छ भने जिल्लामा केन्द्रबाट पाँच प्रकारका औषधि मात्र आएको जानकारी दिएको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












