कुवेतले लगायो पाँच मुस्लिम देशका नागरिकमाथि प्रतिबन्ध
कुवेत। सात मुस्लिम देशका नागरिकलाई अमेरिकाको भिषामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको आलोचना भइरहेकोबेला कुवेतले पाँच मुस्लिम देशका नागरिकलाई भिषामा कडाई गर्ने निर्णय गरेको छ।कुवेतले पाकिस्तान सहित ५ देशका नागरिकलाई कुवेतको भिषा नदिने निर्णय गरेको छ। उसले भिषा नदिने निर्णय गरेको देशमा अमेरिकाले समेत प्रतिबन्ध नलगाएको पाकिस्तान समेत परेको छ।
इकोनोमिकटाइम्सका अनुसार कुवेलतले पाकिस्तानसहित सिरिया,इराक, अफगानिस्तान र इरानका नागरिकलाई भिषा नदिने निर्णय गरेको हो।
अतिवादी मुस्लिमहरु आफ्नो देशमा आउनसक्ने र त्यसले राष्ट्रिय सुरक्षाको जोखिम बढ्ने भन्दै उसले पाँच देशका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारमा उल्लेख छ।
कुवेतले प्रतिबन्धमा परेका देशका नागरिकलाई कुवेतका लागि आवेदन नदिन भनेको छ। अमेरिकाले इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












