अदालतको आदेशविरुद्ध ट्रम्पले गरेको अपिल खारेज
काठमाडौं, २३ माघ। विभिन्न मुलुकमाथि यात्रा प्रतिबन्ध नलगाउन संघीय अदालतले दिएको आदेशविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अपिल खारेज भएको छ । संघीय अदालतले विभिन्न मुलुकका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्देशन निलम्बन गर्ने आदेश दिएपछि सो निर्देशन पुनस्र्थापित गर्नै माग गर्दै ट्रम्पले अदालतमा अपिल गर्नुभएको थियो ।
सो अपिल असंवैधानिक र विभेदकारी भएको भन्दै अदालतले खारेज गरेको हो । आदेश निलम्बन विरुद्ध कानुन मन्त्रालयले दर्ता गरेको अपिलमा राष्ट्रपति ट्रम्पसहित आन्तरिक सुरक्षा मन्त्री जोन केली र विदेशमन्त्री रेक्स टिलेर्सनले निवेदन दिएका थिए ।
मुलुकको आन्तरिक सुरक्षाका लागि सो कदम चालिएको अपिलमा उल्लेख छ । ट्रम्प प्रशासनले गत साता विभिन्न ७ वटा इस्लामिक मुलुकका नागरिक तथा अन्य मुलुकका शरणार्थीलाई अमेरिका भ्रमणमा तत्काललाई प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।
सो निर्देशनको बिरोध गर्दै अमेरिकाका विभिन्न शहर तथा अन्य मुलुकमा पनि प्रदर्शन भइरहेको छ । ट्रम्पको सो निर्देशन जारी भएपछि करिब ६० हजार भिसा रद्द भइसकेको बीबीसीले उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यात्राप्रतिबन्धको कदम विरुद्ध आदेश दिने न्यायाधीश रोबर्टको आलोचना गर्दै आफ्नो निर्देशन लागु गराएरै छोड्ने उल्लेख गर्नुभएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











