सिमानाका भएर चेलीबेटी ओसारपसार बढ्दो
भीमदत्तनगर, २८ माघ । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पु¥याए ।
मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो । रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका विभिन्न ठाउँमा बेचिने गरेका छन् ।
चालु आवको आठ महिनामा कञ्चनपुरको विभिन्न सीमाक्षेत्रबाट भारतलगायत तेस्रो मुलुक जान लागेका १०५ चेलीको उद्धार गरिएको छ । आव २०७२÷७३ मा १५६ जना तथा आव २०७१÷७२ मा प्रहरीले सीमा नाकाबाट ९८ चेलीलाई घर फर्काएको तथ्याङ्क छ । भूकम्पपछि रोजगारीका महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याउने क्रम बढ्दै गएको छ ।
“रोजगारी छैन, भारतमा काम गर्न जान लागेका भन्छन्,” जिल्ला प्रहरी कार्यालयअन्र्गत महिला सेलका सपना ऐरी चौधरीले भन्नुभयो – “खुल्ला सीमा भएका कारण रोक्न गाह्रो हुने गरेको छ ।” पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई रोजगारीका बहानामा भारत हुँदै तेस्रो मुलुक पु¥याउने दलाल सक्रिय भएका छन् ।
“हामीले शङ्कास्पद अवस्थामा भेटिएकालाई मात्रै सीमामा नियन्त्रणमा लिने हो,” उहाँले भन्नुभयो । भारतका विभिन्न सहर जाने सवारी साधनमाथि समेत निगरानी बढाउँदै आएको उहाँले बताउनुभयो । निगरानी र सुरक्षा सतर्कता बढाउन सके केही मात्रामा चेलीबेटी ओसारपसारमा कमी आउन सक्छ । “उद्धार गरिएका प्रायः भारतहुँदै पैसा कमाउने प्रलोभनमा परी तेस्रो मुलुकतर्फ जाने रहेका छन्,” ऐरीले भन्नुभयो ।
वैदेशिक रोजगारका नाउँमा चेलीलाई बेचबिखनका लागि लैजाने सञ्जाल मुलुकका दूरदराजका साथै भारतको राजधानी दिल्लीसम्म सक्रिय छन् । सीमा कटेपछि दलाललाई चहेको ठाउँसम्म पु¥याउन कुनै कठिनाइ हुँदैन । माइती नेपाल, कञ्चनपुरले सन् २०१६ मा पश्चिमी नाका गड्डाचौकी भएर लैजाँदै गरेको अवस्थामा ३३८ चेलीको उद्धार गरेको छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्ला अदालतमा सात र चितवनमा एक गरी आठवटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका मुद्दा चलिरहेको जानकारी दिनुभयो । “भारतभन्दा पनि तेस्रो मुलुक जाने चेलीको बढी उद्धार गरिएको छ,” उहाँले भन्नुभयो – “इजरायल, दुबइ, कुवेत, कतारलगायत मुलुक जानेको सङ्ख्या अत्यधिक छ ।” तीन सय ३८ जनामध्ये २१ जना दुबइ, १२ जना कुवेत, ११ जना किर्गिस्तान र १० जना इराक जान खोजेका पाइएको माइती नेपालका संयोजक भट्टले बताउनुभयो ।
“मानव ओसार पसार रोक्न सुरक्षा सतर्कता बढाउनतर्फ सरकार गम्भीर हुनु पर्छ,” उहाँले भन्नुभयो । सन् २०१६ को उद्धार तथ्याङ्क हालसम्मकै उच्च हो । माइती नेपालले सीमामा मात्रै नभएर भारतका विभिन्न सहरबाट समेत १३ जना चेलीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “भारतमा दलाल नेपाली चेलीलाई तेस्रो मुलुक पठाउन बढी सक्रिय रहेका पाइन्छ,” भट्टले भन्नुभयो ।
तेस्रो मुलुक जाने प्रायः चेलीसित कुनै कागजपत्र हुँदैन । “राहदानी समेत नरहेको पाइयो,” उहाँले भन्नुभयो – “दलालले तेस्रो मुलुकमा बढी आम्दानी हुन्छ भनेर परामर्श गरेर लग्ने गरेका छन् ।” भारतीय सीमा सुरक्षा र अन्य निकायबाट पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहयोग पाउने गरेको उहाँको भनाइ छ ।
“सीमामा प्रहरीमात्रै भएर पुग्दैन,” संयोजक भट्टले भन्नभयो – “राज्यले सीमामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ ।” त्यसैगरी काठमाडौँ–दिल्ली, पोखरा–दिल्लीसम्म सञ्चालनमा आएको लामो दूरीका बसमार्फत दलाललाई पछिल्लो समय सहज भएको उहाँ बताउनुहुन्छ ।
हाल कञ्चनपुरमा सुरक्षा संयन्त्रका साथै माइती नेपाल, थ्री एन्जेल, साना हातलगायत संस्था मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय छन् । सीमामा उद्धार हुने र आफन्तको जिम्मा लगाउने काम भए पनि मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन निकै चुनौतीपूर्ण रहेको भट्ट बताउनुहुन्छ । “मुख्य दलाल त भेटाउनै गाह्रो छ,” उहाँले भन्नुभयो – “ओसारपसारको जिम्मा पाएका व्यक्ति मात्रै समातिएका घटना छन् ।” रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












