के कुरा भयो प्रचण्ड–ओली भेटमा ?
काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच आसन्न निर्वाचन, संविधान संशोधनदेखि दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधारसम्मका विषयमा छलफल भएको स्रोतको भनाइ छ । गत असार तेस्रो साता ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको सहयोगमा सरकार बनाएयता माओवादी केन्द्रप्रति एमाले अध्यक्ष ओली निकै आक्रामक बन्दै आएका छन् ।
ओलीका आक्रमणको जवाफ प्रधानमन्त्री प्रचण्डले पनि उसैगरी फर्काउने गरेका छन् । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका अध्यक्षबीचको सम्बन्धमा बढेको तिक्तताका कारण मुलुकको राजनीति नै ‘डेडलक’को अवस्थामा छ ।
दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधार्दै राजनीतिक गतिरोध तोड्न माओवादी केन्द्रका नेता श्रेष्ठ यतिवेला सेतुको भूमिका निभाउन प्रयासरत छन् । त्यसो त दोस्रो संविधानसभाबाट संविधान गर्ने समझदारी निर्माणदेखि ओली नेतृत्वमा सरकार गठनका निम्ति पनि श्रेष्ठले दुई पार्टीबीच संयोजनकारी भूमिका निभाएका थिए ।
ओली सरकारलाई दिएको समर्थन फिर्तापछि बढेको दुई पार्टीको तिक्तता मेट्न पनि श्रेष्ठ सक्रिय भएर लागिरहेका छन् ।
ओलीसँग प्रधानमन्त्रीका प्रस्ताव
१) फागुन पहिलो हप्तासम्म निर्वाचन मिति घोषणा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग फागुनको पहिलो साता सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने बताएका छन् । वार्तामा ओलीले तत्काल निर्वाचनको मिति घोषणा गरे मात्रै विश्वासको वातावरण बन्ने बताएपछि प्रधानमन्त्रीले फागुन पहिलो साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् । ‘जटिलता छन्, संविधान कार्यान्वयन गर्न हामीले तीन तहको चुनाव गराउनैपर्छ, फागुन पहिलो साताभित्र चुनावको मिति घोषणा गरेर जाऔँ, तपाईंहरूले पनि संविधान संशोधनमा सघाउनुहोस्,’ ओलीसँग प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचनको तयारीमा सरकार लागिसकेको भन्दै मधेसकेन्द्रित दलहरूसँग पनि सहमतिको प्रयास भइरहेको बताएका थिए । उनले निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरेका थिए । ‘छिटै निर्वाचनको मिति घोषणा हुन्छ,’ प्रधानमन्त्रीले ओलीलाई विश्वस्त तुल्याउँदै व्यक्त गरेको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर भन्नुभयो, तर हामी अझै पनि ढुक्क छैनौँ । हामी चुनावको मिति घोषणाको प्रतीक्षामा छौँ ।’
२) स्थानीय तहको चुनाव १ जेठमा प्रधानमन्त्री प्रचण्डले आगामी १ जेठमा स्थानीय तहको चुनाव गराउने सरकारको तयारी रहेको एमाले नेतृत्वलाई जानकारी गराएका थिए । ‘बजेट भाषणअगावै १ जेठमा निर्वाचन गर्ने गरी सरकार अगाडि जान्छ,’ प्रधानमन्त्रीले ओलीसँग भने । उनले यसपटक मधेसी मोर्चालाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाउन सघाउन एमालेलाई आग्रह गरेका थिए । निर्वाचन नगराउने हो भने देशभित्र नकारात्मक परिणाम देखिने सम्भावना रहेकोतर्फ दुवै पार्टी सहमत भएको रावलले जानकारी दिए । ‘संविधान कार्यान्वयनको सिलसिलामा छिटो निर्वाचन नगर्ने हो भने नकारात्मक परिणाम देखिनेछन् भन्नेमा हामी दुवै पक्षको एकै मत रह्यो,’ उनले भने, ‘त्यसो हो भने निर्वाचनको मिति छिटो घोषणा गर्नुप¥यो भन्ने कुरा हामीले राख्यौँ । निर्वाचन घोषणा गरिएन भने उपलब्धिहरू धरापमा पर्छन्, सरकारको औचित्यतामाथि नै प्रश्न उठ्छ । त्यसैले छिटो मिति घोषणा गर्नुहोस् भन्ने कुरा पनि राखेका छौँ ।’ श्रेष्ठनिवासमा साढे दुई घन्टा छलफल गरे पनि दुवै पक्ष कुनै सहमतिमा भने पुगेनन् । छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहोर्याएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











