के कुरा भयो प्रचण्ड–ओली भेटमा ?
काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच आसन्न निर्वाचन, संविधान संशोधनदेखि दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधारसम्मका विषयमा छलफल भएको स्रोतको भनाइ छ । गत असार तेस्रो साता ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको सहयोगमा सरकार बनाएयता माओवादी केन्द्रप्रति एमाले अध्यक्ष ओली निकै आक्रामक बन्दै आएका छन् ।
ओलीका आक्रमणको जवाफ प्रधानमन्त्री प्रचण्डले पनि उसैगरी फर्काउने गरेका छन् । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका अध्यक्षबीचको सम्बन्धमा बढेको तिक्तताका कारण मुलुकको राजनीति नै ‘डेडलक’को अवस्थामा छ ।
दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधार्दै राजनीतिक गतिरोध तोड्न माओवादी केन्द्रका नेता श्रेष्ठ यतिवेला सेतुको भूमिका निभाउन प्रयासरत छन् । त्यसो त दोस्रो संविधानसभाबाट संविधान गर्ने समझदारी निर्माणदेखि ओली नेतृत्वमा सरकार गठनका निम्ति पनि श्रेष्ठले दुई पार्टीबीच संयोजनकारी भूमिका निभाएका थिए ।
ओली सरकारलाई दिएको समर्थन फिर्तापछि बढेको दुई पार्टीको तिक्तता मेट्न पनि श्रेष्ठ सक्रिय भएर लागिरहेका छन् ।
ओलीसँग प्रधानमन्त्रीका प्रस्ताव
१) फागुन पहिलो हप्तासम्म निर्वाचन मिति घोषणा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग फागुनको पहिलो साता सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने बताएका छन् । वार्तामा ओलीले तत्काल निर्वाचनको मिति घोषणा गरे मात्रै विश्वासको वातावरण बन्ने बताएपछि प्रधानमन्त्रीले फागुन पहिलो साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् । ‘जटिलता छन्, संविधान कार्यान्वयन गर्न हामीले तीन तहको चुनाव गराउनैपर्छ, फागुन पहिलो साताभित्र चुनावको मिति घोषणा गरेर जाऔँ, तपाईंहरूले पनि संविधान संशोधनमा सघाउनुहोस्,’ ओलीसँग प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचनको तयारीमा सरकार लागिसकेको भन्दै मधेसकेन्द्रित दलहरूसँग पनि सहमतिको प्रयास भइरहेको बताएका थिए । उनले निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरेका थिए । ‘छिटै निर्वाचनको मिति घोषणा हुन्छ,’ प्रधानमन्त्रीले ओलीलाई विश्वस्त तुल्याउँदै व्यक्त गरेको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर भन्नुभयो, तर हामी अझै पनि ढुक्क छैनौँ । हामी चुनावको मिति घोषणाको प्रतीक्षामा छौँ ।’
२) स्थानीय तहको चुनाव १ जेठमा प्रधानमन्त्री प्रचण्डले आगामी १ जेठमा स्थानीय तहको चुनाव गराउने सरकारको तयारी रहेको एमाले नेतृत्वलाई जानकारी गराएका थिए । ‘बजेट भाषणअगावै १ जेठमा निर्वाचन गर्ने गरी सरकार अगाडि जान्छ,’ प्रधानमन्त्रीले ओलीसँग भने । उनले यसपटक मधेसी मोर्चालाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाउन सघाउन एमालेलाई आग्रह गरेका थिए । निर्वाचन नगराउने हो भने देशभित्र नकारात्मक परिणाम देखिने सम्भावना रहेकोतर्फ दुवै पार्टी सहमत भएको रावलले जानकारी दिए । ‘संविधान कार्यान्वयनको सिलसिलामा छिटो निर्वाचन नगर्ने हो भने नकारात्मक परिणाम देखिनेछन् भन्नेमा हामी दुवै पक्षको एकै मत रह्यो,’ उनले भने, ‘त्यसो हो भने निर्वाचनको मिति छिटो घोषणा गर्नुप¥यो भन्ने कुरा हामीले राख्यौँ । निर्वाचन घोषणा गरिएन भने उपलब्धिहरू धरापमा पर्छन्, सरकारको औचित्यतामाथि नै प्रश्न उठ्छ । त्यसैले छिटो मिति घोषणा गर्नुहोस् भन्ने कुरा पनि राखेका छौँ ।’ श्रेष्ठनिवासमा साढे दुई घन्टा छलफल गरे पनि दुवै पक्ष कुनै सहमतिमा भने पुगेनन् । छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहोर्याएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












