इजरायल बस्ती विस्तार शान्तिका लागि राम्रो हुँदैन : ट्रम्प
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली हेयम पत्रिकासँगको अन्तरवार्तामा प्यालेस्टिनी भूभागमा इजरायली पक्षले विस्तार गर्न लागेको बस्ती ‘शान्तिका लागि सही नहुने’ बताएका छन् ।
राष्ट्रपति ट्रम्पको पदबहाली पछि इजरायली बस्ती विस्तारसम्बन्धी प्रत्यक्ष प्रतिक्रिया आएको यो पहिलो पटक हो ।
हिब्रु भाषामा प्रकाशित हायममा ट्रम्पले विवादास्पद प्यालेस्टिनी भूमिमा इजरायली बस्ती बसाउने कुरा राम्रो नभएको बताएका हुन् । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले आफूले तेलअभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने कुराबारे पनि गम्भीर अध्ययन गरिरहेको बताए ।
इजरायली प्रधानमन्त्रीको वासिङटन भ्रमणपूर्व उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पले “आफू बस्ती विस्तार शान्तिका ठिक हुन्छ भन्ने व्यक्ति नभएको” बताएको उक्त पत्रिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायद्वारा वेस्ट बैंक र पूर्वी जेरुसेलममा बस्ती विस्तार गरिनु गैरकानुनी भएको जनाउँदै यसले प्यालेस्टिनीको शान्तिप्रतिको आशामा तुषारापात भएको जनाउँदै आएका छन् ।
ट्रम्प र ट्रम्प प्रशासन भने इजरायलद्वारा हालैका दिनमा विवादित वेस्ट बैंक र पूर्वी जेरुसेलममा छ हजार घर निर्माण गर्ने योजना सार्वजनिक गर्दा विल्कुल चुपचाप देखिएको थियो ।
राष्ट्रपति ट्रम्पले आफू विवादास्पद बस्ती विस्तारका विषयमा साह्रै गम्भीर रुपमा सोचविचार गरिहेको र बस्ती विस्तारसम्बन्धी विवाद समाधान गर्न आफूले पदभार सम्हाल्नुपूर्व नै प्रतिबद्धता जनाएको छ ।
यद्यपि उक्त विवाद समाधान गर्नु सहज नभएको उहाँको प्रतिक्रिया थियो । राष्ट्रपति ट्रम्पको अन्तरवार्ता अङ्ग्रेजी भाषामा भने उपलब्ध छैन ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











