ताजा समाचार

अफगान प्रहरीद्वारा २१० किलो विस्फोटनका पदार्थ कब्जा

अफगानिस्तान, १ फागुन । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान प्रहरीले जारी राखेको कारबाहीको क्रममा २१० किलो विस्फोटक पदार्थ कब्जा गरेको प्रान्तीय प्रहरी प्रमुखले आइतबार जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरमा बाहिरी इलाकामा भएको यस कारबाहीको क्रममा २१० किलोभन्दा बढी विस्फोटक पदार्थ अफगान प्रहरीले बरामद गरेको हो ।

यस कारबाहीको क्रममा एक आतङ्ककारी पक्राउसमेत परेका छन् । बाघलान र तखार प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा गत दुई महिनायता अफगान सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भीषण झडप जारी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org