गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : उपाध्यक्ष शाक्य
काठमाडौँ, ४ फागुन । नेकपा ‘एमाले’का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज आयोजित यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
“व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनाँै”उहाँले भन्नुभयो “मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो ।”
उहाँले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनेक बहानामा निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले आगामी माघ ७ गतेभित्र निर्वाचन गरेर देशलाई निकासको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले जित्न वा हार्नका लागि नभई देशलाई बचाउनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“चुनावको ढोका बन्द गर्नु कदापी हुँदैन । चुनाव नहँुदा पार्टीलाई अधिनायकतर्फ लैजान्छ” उहाँले भन्नुभयो “जनप्रतिनिधि नहुँदा बजेटमा हिनामिना भएको छ ।”
उहाँले वर्तमान सरकारले निर्वाचन गर्न नसके प्रमुख तीन दलसहित मधेसवादी दललाई समेत समेटेर नयाँ सरकार गठन गरेर चुनाव गर्नुपर्ने बताउनुभयो ।
एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीले निर्वाचन पार्टीको एकमात्र एजेन्डा भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल पत्रकार महासङ्घमा प्रेस युनियन नेपालले लगाइएको ताला खोल्न आग्रह गर्नुभयो ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासङ्घको ताला खोलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












