राप्रपा महाधिवेशनको चहलपहल सुरु
काठमाडौँ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् ।
देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन् ।
धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिनुभयो ।
प्रतिनिधिको नाम, छनौट स्थान तथा तह अनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्ताबेज र आर्थिक कार्यपत्र छपाइका कार्य पनि सम्पन्न भइसकेका छन् ।
यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई आवास तथा भोजनको व्यवस्था पार्टीले मिलाएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, अध्यक्षसहित एकसय ६१ सदस्यीय कार्यसमितिका लागि विधान संशोधन भइसकेको छ । अध्यक्ष पदमा कमल थापाको नाममा सर्वसम्मति जुटेकाले सो पदका लागि चुनाव गर्नु नपर्ने भएको छ । अब केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ ।
यसपटकको एकता महाधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने भनिएको भए पनि पछिल्लो समयमा शीर्ष नेतृत्वको प्रयासमा महाधिवेशन हुनुअगावै सर्वसम्मत नेतृत्व चयन गरिएको सहप्रवक्ता राजाराम वर्तौलाले जानकारी दिनुभयो ।
तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते एकीकरण भएपछि तीन महिनाभित्र गर्न लागिएको महाधिवेशनमा काठमाडौँ, ललितपुर र भक्तपुरमा महाधिवेशनको प्रचारप्रसार आजदेखि सुरु गरिएको छ ।
पार्टीले हिन्दू राष्ट्र, राजतन्त्र र स्थानीय स्वायत्त शासनको पक्षमा महाधिवेशन केन्द्रित गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालले हिन्दू राष्ट्र, राजतन्त्र र सङ्घीयतामा जनमत लिएर निर्णय गर्नुपर्ने अडान राख्दै आएकाले पनि अहिले एकीकृत राप्रपालाई सोही मार्गमा हिँडाउने भएको छ ।
माइकिङ, प्रचार सामग्री वितरण तथा काठमाडौँ उपत्यकाका तीन सहरका विभिन्न स्थानमा पार्टीको झन्डा झुन्ड्याउने कार्य प्रारम्भ गरिएको छ । महाधिवेशनका लागि पाँच लाख झन्डा निर्माण गरिएको बताइएको छ । रासस
––––––
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












