अचम्म लाग्ने नयाँ जनावर थपिएपछि चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको घुइँचो
चितवन, ६ फागुन । एकसिङ्गे गैँडा र बाघका कारण अन्तर्राष्ट्रिय जगत्मा परिचित चितवन राष्ट्रिय निकुञ्जमा अन्य जनावारसमेत थपिएपछि निकुञ्जको महत्व बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल भित्रने पर्यटक अधिकांश चितवन आउने गर्छन् । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो । हालैमात्र चितवन राष्ट्रिय निकुञ्जमा १५ वटा अर्ना ल्याइएको छ । बाह्रसिङ्गे र कृष्णसार ल्याउने तयारी भइरहेको छ । यसअघि कोसीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने अर्ना अब चितवन राष्ट्रिय निकुञ्जमा समेत देख्न सकिने छ ।
बर्दिया र शुक्लाफाँटामा मात्र देखिने बाह्रसिङ्गे र कृष्णसार संरक्षण केन्द्र र शुक्लाफाँटामा मात्रै देखिने कृष्णसार चितवन राष्ट्रिय निकुञ्जमा पनि पर्यटकले छिट्टै देख्न पाउने छन् । अर्ना राखिएको पुरानो पदमपुर क्षेत्रमा बाह्रसिङ्गे राखिने छ भने पूर्वि चितवनको टिकौलीमा कृष्णसार राखिँदै छ ।
विसं २०३० मा स्थापना भएको निकुञ्ज ९३२ वर्ग किलोमिटर तथा मध्यवर्ती क्षेत्र ७५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतले पर्यटकलाई आकर्षण गदैआएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउनुहुन्छ ।
“जिल्ला भित्रने अधिकांश पर्यटकको आकर्षण चितवन राष्ट्रिय निकुञ्जमा रहेका जनावार नै हुन्, थप जनावार भित्रँदा निकुञ्जको महत्व बढेर जान्छ,” उहाँले भन्नुभयो ।
चुरे पहाड, राप्ती, नारायणी, रिउजस्ता नदीको तटीय क्षेत्र र समथर भूभागका कारण सबैखाले जनावरका लागि निकुञ्ज महत्वपूर्ण रहेको छ । कँडेलका अनुसार निकुञ्जमा गैँडा, पाटेबाघ, साेंस, चौँरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंग, बाँदर, लङ्गुरलगायत ६० भन्दा बढी स्तनधारी जनावार रहेका छन् ।
सन् २०१० को गणनाअनुसार निकुञ्जमा १२५ पाटेबाघ रहेका छन् । घडियाल, मगर गोही, अजिङ्गरलगायतका सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी तथा किरा फट्याङ्ग्रा यहाँ पाइन्छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे नयाँ जनावार थपिएसँगै पर्यटक आगमनमा वृद्धि हुने बताउनुहुन्छ ।
निकुञ्जमा जनावर हेर्नकै लागि पर्यटक आउने गरेका कारण थप जनावर हेर्न पाउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गाना नयाँ जनावर थपिएसँगै निकुञ्जको प्रचार बढी हुने र पर्यटक धेरै आउने बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा आउने सबै पर्यटकले एकसिङ्गे गैँडालगायतका जनावर सजिलै हेर्न पाउँछन् । पाटेबाघ हेर्न समेत पर्यटकको ओइरो लाग्छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष गिरीधारी चौधरीले थप जनावर हेर्न पाउने भएपछि अन्यत्र जाने पर्यटक पनि चितवन आउने बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ मा विश्व सम्पदा सूचीमा समावेश भएको निकुञ्ज हो । निकुञ्जमा वन्यजन्तुसँगै तालतलैया र धार्मिकस्थलसमेत रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण भूर्तेल निकुञ्जभित्र जनावर थप हुँदै जाँदा अधिकतम जनावर हेर्ने अवसर पर्यटकलाई दिलाउन वर्षात्को समयबाहेक अन्य समयमा निकुञ्जभित्रै टेन्डीक्याम्प निर्माण गर्ने अवसर दिनुपर्ने बताउनुहुन्छ ।
हाल निकुञ्जमा जनावर हेर्न आउने अधिकांश पर्यटकले मध्यवर्ती क्षेत्रमा ती सबै जनावर देखिने भएपछि हात्ती चढेर जनावर हेरी फर्कने गर्दछन् । निकुञ्जमा आव २०७१÷७२ मा सबैभन्दा बढी एक लाख ७८ हजार २५७ पर्यटक भित्रिएका थिए । पर्यटकको सङ्ख्या क्रमशः उकालो लाग्दै गएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












