अचम्म लाग्ने नयाँ जनावर थपिएपछि चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको घुइँचो
चितवन, ६ फागुन । एकसिङ्गे गैँडा र बाघका कारण अन्तर्राष्ट्रिय जगत्मा परिचित चितवन राष्ट्रिय निकुञ्जमा अन्य जनावारसमेत थपिएपछि निकुञ्जको महत्व बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल भित्रने पर्यटक अधिकांश चितवन आउने गर्छन् । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो । हालैमात्र चितवन राष्ट्रिय निकुञ्जमा १५ वटा अर्ना ल्याइएको छ । बाह्रसिङ्गे र कृष्णसार ल्याउने तयारी भइरहेको छ । यसअघि कोसीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने अर्ना अब चितवन राष्ट्रिय निकुञ्जमा समेत देख्न सकिने छ ।
बर्दिया र शुक्लाफाँटामा मात्र देखिने बाह्रसिङ्गे र कृष्णसार संरक्षण केन्द्र र शुक्लाफाँटामा मात्रै देखिने कृष्णसार चितवन राष्ट्रिय निकुञ्जमा पनि पर्यटकले छिट्टै देख्न पाउने छन् । अर्ना राखिएको पुरानो पदमपुर क्षेत्रमा बाह्रसिङ्गे राखिने छ भने पूर्वि चितवनको टिकौलीमा कृष्णसार राखिँदै छ ।
विसं २०३० मा स्थापना भएको निकुञ्ज ९३२ वर्ग किलोमिटर तथा मध्यवर्ती क्षेत्र ७५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतले पर्यटकलाई आकर्षण गदैआएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउनुहुन्छ ।
“जिल्ला भित्रने अधिकांश पर्यटकको आकर्षण चितवन राष्ट्रिय निकुञ्जमा रहेका जनावार नै हुन्, थप जनावार भित्रँदा निकुञ्जको महत्व बढेर जान्छ,” उहाँले भन्नुभयो ।
चुरे पहाड, राप्ती, नारायणी, रिउजस्ता नदीको तटीय क्षेत्र र समथर भूभागका कारण सबैखाले जनावरका लागि निकुञ्ज महत्वपूर्ण रहेको छ । कँडेलका अनुसार निकुञ्जमा गैँडा, पाटेबाघ, साेंस, चौँरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंग, बाँदर, लङ्गुरलगायत ६० भन्दा बढी स्तनधारी जनावार रहेका छन् ।
सन् २०१० को गणनाअनुसार निकुञ्जमा १२५ पाटेबाघ रहेका छन् । घडियाल, मगर गोही, अजिङ्गरलगायतका सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी तथा किरा फट्याङ्ग्रा यहाँ पाइन्छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे नयाँ जनावार थपिएसँगै पर्यटक आगमनमा वृद्धि हुने बताउनुहुन्छ ।
निकुञ्जमा जनावर हेर्नकै लागि पर्यटक आउने गरेका कारण थप जनावर हेर्न पाउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गाना नयाँ जनावर थपिएसँगै निकुञ्जको प्रचार बढी हुने र पर्यटक धेरै आउने बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा आउने सबै पर्यटकले एकसिङ्गे गैँडालगायतका जनावर सजिलै हेर्न पाउँछन् । पाटेबाघ हेर्न समेत पर्यटकको ओइरो लाग्छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष गिरीधारी चौधरीले थप जनावर हेर्न पाउने भएपछि अन्यत्र जाने पर्यटक पनि चितवन आउने बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ मा विश्व सम्पदा सूचीमा समावेश भएको निकुञ्ज हो । निकुञ्जमा वन्यजन्तुसँगै तालतलैया र धार्मिकस्थलसमेत रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण भूर्तेल निकुञ्जभित्र जनावर थप हुँदै जाँदा अधिकतम जनावर हेर्ने अवसर पर्यटकलाई दिलाउन वर्षात्को समयबाहेक अन्य समयमा निकुञ्जभित्रै टेन्डीक्याम्प निर्माण गर्ने अवसर दिनुपर्ने बताउनुहुन्छ ।
हाल निकुञ्जमा जनावर हेर्न आउने अधिकांश पर्यटकले मध्यवर्ती क्षेत्रमा ती सबै जनावर देखिने भएपछि हात्ती चढेर जनावर हेरी फर्कने गर्दछन् । निकुञ्जमा आव २०७१÷७२ मा सबैभन्दा बढी एक लाख ७८ हजार २५७ पर्यटक भित्रिएका थिए । पर्यटकको सङ्ख्या क्रमशः उकालो लाग्दै गएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












