देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम ‘चुनाव गर्न नसके सरकार छोड्नुस्’
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन् । बैशाख मसान्तभित्र निर्वाचन गर्न नसके पूर्व समझदारी अनुसार नेतृत्व छाड्नुपर्ने भन्दै देउवाले सोमबारकै मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। प्रधानमन्त्री दाहाल निर्वाचन मिति घोषणा गर्ने या नगर्ने भन्ने अन्यौलमा रहिरहेका बेला कांग्रेस सभापति देउवाले आईतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई डाकेर निर्वाचनको मिति र सरकारको नेतृत्वका बिषयमा दुई घण्टा छलफल गरेका थिए । देउवाले मन्त्रीहरुलाई बैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी मिति घोषणाका लागि सामूहिक दृष्टिकोण सोमबारको मन्त्रिपरिषद् बैठकमा राख्न समेत निर्देशन दिएका छन् । त्यसअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पनि देउवाले बैशाख मसान्तभित्रै निर्वाचन गर्न दबाब दिएका थिए । प्रधानमन्त्री दाहाल भने बजेटमार्फत आमजनतालाई आकर्षित गर्न सकिने बताउँदै जेठ १५ पछि निर्वाचन धकेल्न चाहन्छन् । नयाँ संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यता छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई निस्प्रभावि पार्न नयाँ बजेट ल्याउनु पर्ने तर्क राख्दै दाहालले जेठ १५ पछि निर्वाचन मिति घोषणा गर्न चाहेका हुन् । तर, प्रमुख सत्ता साझेदार कांग्रेस सभापति देउवा त्यसमा तयार छैनन् । सोमबारको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरि मिति घोषणाको तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए । उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकमा स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन बुझ्ने र लगतै अर्को मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदनको असन्तुष्टीलाई सम्वोधन गर्न विज्ञ सम्मिलित समिति बनाउने तयारी सरकारको छ । तराई–मधेसमा उठेको असन्तुष्टीलाई सम्वोधन गर्न विज्ञ सम्मिलित समितिलाई स्थानीय तहको संख्या केही बढाउन पाउनेगरी कार्यदेश दिनेबारे पनि छलफल भएको छ । मन्त्रीहरुको छलफललगतै देउवा कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीचको छलफलमा भाग लिन बालुवाटार पुगेका थिए । बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न नसके दाहालले पूर्व समझदारी अनुसार सरकारको नेतृत्व छाड्नुपर्ने धारणा समेत देउवाले मन्त्रीहरुसँगको बैठकमा राखेका थिए । निर्वाचन हुन नसकेमा बजेट ल्याएर सरकार छाड्ने संकेत दाहालले कांग्रेस नेताहरुलाई दिँदै आएका छन् । तर, देउवाले भने निर्वाचन गर्न नसके बैशाखमा नयाँ सरकार बन्ने र त्यसैले बजेट ल्याउने बताएका थिए । वाणिज्य मन्त्री रोमी गौचनले यस्तो ढंगबाट अघि बढा एमाले, माओवादी केन्द्र र राप्रपाबीचको गठबन्धन त बन्दैन रु भन्ने प्रश्न देउवालाई राखेका थिए । ‘माओवादी र एमाले नेताहरुबीच धेरैपटक छलफल भएको मैले पनि सुनेको छु,’ गौचनको भनाई उत्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘कतै एमाले र माओवादीबीचको नयाँ समीकरण बन्न लागेको त छैन, सभापतिजीले विचार पुर्याउनु होला ।’ गौचनको यस्तो प्रश्नमा देउवाले सिधा जबाफ नदिए पनि प्रधानमन्त्री दाहाल समझदारी अनुसार अघि बढ्न तयार भएको संकेत आफूले पाएको जानकारी गराएका थिए । कांग्रेस र माओवादी केन्द्रबीच सरकार गठबन्धन निर्माण गर्दा भएको सात बूँदे सहमतिका अतिरिक्त आलोपालो नेतृत्वको बिषयमा छुट्टै तीन बूँदै सहमति भएको दावी गरिदै आएको छ । सार्वजनिक नगरिएको गोप्य भनिएको उक्त तीन बूँदे सहमतिमा चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने समझदारी भएको कांग्रेसका एक मन्त्रीले बताए । ‘निर्वाचन हुने अवस्था भएमा बैशाख मसान्तसम्म दाहालकै नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्ने तर नहुने अवस्था निर्माण भएमा चैत मसान्तभित्रै सरकार छाड्नुपर्ने भनाई सभापतिको थियो’ बैठकमा सहभागि एक मन्त्रीले भने ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












