विश्वमै सबैभन्दा धेरै हतियार बेच्ने देश अमेरिका
स्टकहोम। भारत विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता देश बनेको छ । भारतले सन् २०१२ देखि २०१६ सम्ममा विश्वभर भएको हतियार खरिदबिक्रीको १३ प्रतिशत एक्लैले आयात गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।
यसैगरी विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देशको पहिलो नम्बरमा अमेरिका रहेको छ । अमेरिकाले मध्यपूर्वका देशहरुमा सबैभन्दा बढी हतियार निर्यात गर्ने गरेको छ । अमेरिकाले विश्वभर गर्ने कुल निर्यातमध्ये आधा निर्यात मध्यपूर्वमै हुने गरेको प्रतिवेदनले देखाएको छ ।
अमेरिकापछि रुस, चीन, फ्रान्स र जर्मनी हतियार बेच्ने देशहरुको सूचीमा छन् । कुल निर्यातमा यि देशहरुको हिस्सा ७४ प्रतिशत रहेको छ ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्यूटको प्रतिवेदनका अनुसार भारतमा हतियार आयातमा ४३ प्रतिशतले बृद्धि भएको समेत देखिएको छ ।
भारतपछि साउदी अरब सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । साउदी अरबले सन् २००७ देखि २०११ को तुलनामा सन् २०१२ देखि २०१६ को अवधिमा २ सय १२ प्रतिशत बढी आयात गरेको प्रतिवेदनमा छ ।
रुसले भारत, भियतनाम, चीन र अल्जेरियामा हतियार निर्यात गर्ने गरेको पाइएको छ । रुसले विश्वभर हुने हतियार निर्यातको २३ प्रतिशत निर्यात गर्ने गरेको छ ।
चीनले पनि निर्यात बढाएको देखिन्छ । सन् २०११ सम्म ३ दशमलव ८ प्रतिशत रहेको निर्यात सन् २०१६ सम्म आइपुग्दा ६ दशमलव २ प्रतिशत पुगेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











