संशोधन प्रस्ताव अन्योलमा : नेताहरुको मिश्रित प्रतिक्रिया, कसले के भने ?
काठमाडौं, १२ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन भन्दा अघि नै संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने,‘बैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ, त्यो भन्दा पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यसमा कुनै दुईमत छैन, कसैले शंका नगरे पनि हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावलाई छलफल गर्न दिने भनिसकेकोले आजैबाट संशोधन प्रस्तावमाथि छलफल सुरु हुने बताए। उनले भने,‘सकेसम्म सरकारले ल्याएकै प्रस्ताव पारित गर्ने प्रयत्न हुन्छ, यदि भएन भने परिमार्जनसहित भएपनि प्रस्ताव पारित हुन्छ ।’
उनले मधेशी मोर्चाले भनेजस्तै पनि नहुने र निर्वाचनको वातावरण बनाउनको लागि एमाले तयार हुनुपर्नेमा जोड दिए। उनले स्थानीय तहको संख्या बढाउने भनेर सरकारले भनिसकेकोले अब विवाद गर्न नहुने बताए। उनले निर्वाचन देश र जनताको आवश्यकत्ता भएकोले यसलाई सफल बनाउनको लागि सबै दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
मन्त्री नायकले थपे,‘देश र जनतालाई उत्सामा ल्याउनको लागि पनि चुनाव आवश्यक छ, संविधान कार्यान्वयन गर्न तीनवटै तहको निर्वाचन निर्धारित मितिभित्रै सम्पन्न गर्नुपर्छ।’
त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैलेपनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।
नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भने,‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ ।’
उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे। उनले थपे,‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ ।’
उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए। उनले भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ ।’ उनले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताए ।
उनले दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने जिकिर गरे। मन्सुरले थपे,‘नेपाली काँग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याईएको हो ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले कुनैपनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन् ।
मोर्चाले परिमार्जनसहित प्रस्ताव पारित गर्नुपर्ने माँग राखेको र सरकारले सके हुबहु नसके परिमार्जनसहित प्रस्ताव पारित गर्ने भनिरहेको कुरा उल्लेख गर्दै नेता महासेठले भने,‘यो प्रस्ताव हुबहु कुनैपनि हालतमा पास हुँदैन, लेखेर राख्नुहोस् ।’
उनले मोर्चाले भनेजस्तो भाषा सवालमा संशोधन हुनै नसक्ने ठोकुवा गर्दै भने,‘हाम्रो पार्टी भाषाको सवालमा संविधानले व्यवस्था गरेको भन्दा बाहेक अरु कुरा मान्दैन्, त्यस्तै नागरिकताको सवालमा पनि हामी लचिलो बन्दैनौं ।’
उनले एमालेले आज सदनमा संशोधन प्रस्तावलाई छलफल गर्न दिने तर मोर्चाले यसपछि कस्तो प्रतिक्रिया दिने हो त्यो हेरेरमात्रै के गर्ने भन्नेबारे निर्णय लिने स्पष्ट पारे। उनले मोर्चाले आफ्नो कुरा दिनदिनै फेरिरहेको समेत आरोप लगाए ।
उनले भने,‘पहिले मोर्चाले प्रस्ताव टेबुल भएमात्रै हुन्छ, हामी मान्छौं भनेको थियो, तर प्रस्ताव टेबुल भयो अब पारित गर्नुपर्छ भनिरहेको छ।’ उनले सरकारले चुनावको मिति घोषणा गरिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे ।
निर्वाचन आयोगले समेत निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले सबै दलहरु मिलेर चुनावलाई सफल बनाउनतिर लाग्नुपर्नेमा जोड दिए। उनले चुनाव नभए सबैभन्दा बढि घाटा काँग्रेस, माओवादी केन्द्र र एमालेलाई नै हुनेतर्फ समेत सचेत गराए ।
महासेठले मधेशी जनता चुनावको पक्षमा रहेको समेत दाबी गरे। उनले भने,‘मधेशी जनताहरु चुनावको पक्षमा छन् ।’
मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् ।
कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताएका हुन्। उनले भने,‘नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको हो, भाषामा पहिले पाएको अधिकारलाई पनि खोसिएको छ, त्यसलाई सुनिश्चितता गर्नुपर्छ ।’
उनले मोर्चाले भनेजस्तोगरि प्रस्ताव परिमार्जनसहित पारित भए संविधान कार्यान्वयनमा साथ दिने बताए। यद्धपी उनले मधेशी मोर्चा सँधै निर्वाचनको पक्षमा रहेको जिकिर गरे। कर्णले थपे,‘सरकारले पानी खन्याईरहेको छ, तर कुन भाँडो हो भन्ने कुरा थाहा छैन।्’ उनले स्थानीय तहको पूर्नसंरचना गर्दा संख्यालाई प्रतिनिधित्व नगरेकोमा आपत्ति जनाए ।
उनले आयोगले अघि सारेको रिपोर्ट आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए। जबरजस्ती चुनाव गरिए आफूहरुले सकेको जबाफ दिने उनको भनाई थियो ।
संशोधन प्रस्ताव पारित गराउनको लागि तपाईहरुसँग दुई तिहाई पुग्छ भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने,‘धमलाजीलाई हाम्रो ठूलो चिन्ता छ, ऋषिजी मधेशको शुभचिन्तक हो, उहाँ मधेश आन्दोलनमापनि पटक पटक पुग्नुभएको छ।’ त्यस्तै उनले मधेश, थारु, जनजाति, आदिवासीलाई मतलव गर्नेहरुले साथ दिए दुई तिहाई पुग्ने विश्वास दिलाए ।
राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले यथास्थितिमा संविधान संशोधन प्रस्तावको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने स्पष्ट पारेका छन् ।
उनले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका हुृन्। उनले भने,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्विकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक हौं, तर प्रस्ताव ल्याउँदा हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन् । ’
गिरीले मधेशी मोर्चाले स्वयम यो प्रस्तावलाई नमानेको उल्लेख गर्दै कसको हितको लागि यो प्रस्ताव ल्याएको हो भन्ने कुरा नै अझै अस्पष्ट रहेको गुनासो पोखे। उनले थपे,‘मोर्चाले यो प्रस्ताव स्विकार गरेको छैन, ५ नम्बर प्रदेश पुरै आन्दोलित छ, एमालेपनि विरोधमा छ, यो प्रस्तावबाट को चाहीँ खुशी छ त ?’
उनले संविधान जारी गर्ने प्रमुख तीन दलहरु एकै ठाउँमा बस्न नसक्नुले पनि संविधानमा खोट रहेको कुरा पुष्टि भएको दाबी गरे। गिरीले थपे,‘हाम्रो एजेण्डा सम्बोधन नभएको अवस्थामा पनि हामीले यो संविधानलाई आलोचनात्मक रुपमा समर्थन गरेका हौं ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












