जलवायु परिवर्तन र समाधानका उपायहरु
कुनै एक निश्चित क्षेत्र वा सम्पूर्ण विश्वभरी लामो समयावधीमा त्यहाँको जलवायुमा देखापर्ने परिवर्तन नै जलवायु परिवर्तन हो । UNFCCC का अनुसार प्रत्यक्ष वा परोक्ष रुपमा मानव क्रियाकलापको परिणाम स्वरुप लामो समयावधीमा प्राकृतिक जलवायुमा देखिने परिवर्तन र त्यसको विश्वव्यापी बायुमण्डलको संरचनामा ल्याउने भिन्नतालाई नै जलवायु परिवर्तन भनिन्छ । बिभिन्न तथ्यको आधारमा जलवायु परिवर्तन सम्वन्धी केहि सिद्धान्तहरु रहेको पाईन्छ । सिद्धान्त र तथ्यहरुलाई आधार बनाएर हेर्ने हो भने मानवीय क्रियाकलाप यसको प्रमुख कारण भएको पाईन्छ । यहि कारणले गर्दा नै जलवायु परिवर्तनको विषयले विश्वमा अधिक चर्चा भएको छ । सन १९७० देखि निरन्तर रुपमा पृथ्वीको तापक्रम बृद्धि भएको अध्ययनहरुले देखाएका छन् । र, यसको प्रमुख कारण वायुमण्डलमा हरित गृह ग्यासको मात्रा बढनु हो ।
कार्वनडाईअक्साइड,मिथेन,नाईटोजन अक्साईड,क्लोरोफ्लोरो कार्बन आदि यसमा पर्दछन् । यस्ता ग्यासहरुको मात्रा बढनुको मुख्य कारण हामी मानव जाती नै हौं । बढ्दो औद्योगीकिकरण, बन फडानी, अब्यबस्थित बसोबास, शहरीकरण, प्रदूषण आदि कारणहरुले हरितगृह ग्यासको मात्रा बढ्ने र बढन मद्दत पु¥याएको छ ।
त्यसैले जलवायु परिवर्तन हुनुमा हामी नै बढी जिम्मेवार छौं । बढ्दो हरितगृह ग्यासको कारण सूर्यबाट आएको ताप आवश्यक भन्दा बढी मात्रामा सोस्छ । जसको कारणले ग्लोबल वार्मिग र जलवायु परिवर्तन हुन्छ । ग्लोवल वार्मिग भन्नाले पृथ्वीको तापक्रम बढनु बुझिन्छ । र, जलवायु परिवर्तनले त्यो सहित अन्य परिवर्तनलाई पनि जनाउँछ ।
जलवायु परिवर्तन सिद्धान्तमा मात्र नभई यथार्थमा भइरहेका यथेष्ट प्रमाणहरु छन् । जस्तोः बढदो तापक्रम,घट्दो हिमक्षेत्र,बर्षाको कमी, भारी बर्षा र समयमा आएको परिवर्तन,समुन्द्री सतह बढ्नु आदि यसका ज्वलन्त उदाहरणहरु हुन ।
जलवायु परिवर्तनको इतिहास हेर्ने भने यो बिभिन्न समयको अन्तरालमा उतार चढाव भइरहेको पाईन्छ । अध्ययन अनुसार आजभन्दा करिव ४२५० मिलियन वर्ष अगाडी पृथ्वीको औसत तापक्रम ३७ डिग्री थियो जुन २५०० मिलियन बर्ष अगाडी २५ डिग्रीमा झर्यो । त्यसैगरी २७०० देखि १८०० मिलियन वर्ष अगाडी पृथ्वीमा हिम युग थियो । यसै प्रकारले पृथ्वीको जलवायु अवस्था स्थिर नभएको पाईन्छ । त्यसो भए जलवायु परिवर्तन बारे चिन्ता गर्नु किन ?
जलवायु परिवर्तनलाई लिएर चिन्तित हुनुपर्ने प्रमुख कारण यसबाट देखापरेको असर र भविष्यमा हुनसक्ने खतरा हो । अगाडी जलवायुमा भएको परिवर्तन प्राकृतिक थियो भने अहिले परिवर्तन हुनुको प्रमुख कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढी हुनु हो, जसका लागि मानवीय कार्य जिम्मेवार छ ।
जलवायु परिवर्तनले विश्वका बिभिन्न देशहरुमा असर पु¥याएको छ । र, यसको असर नेपालमा पनि देखापरेको पाईन्छ । अध्ययन अनुसार नेपालको तापक्रम ०.६ डिग्री सेल्सियस प्रति दशकले बढेको पाईन्छ । तराई भन्दा माथिल्लो (हिमाली) भेगमा बढी मात्रामा तापक्रम बृद्धि भएको पाईन्छ । अध्ययन अनुसार बढ्दो तापक्रमका कारण वर्षा १३ मि.मि. प्रति वर्षले बढेको र बर्षाका दिन ०.८ दिनले घटेको पाइन्छ । यसैको फलस्वरुप नदीनालाको गति पनि १.५ गुणाले बढेको पाईन्छ । जलवायु परिवर्तले बिभिन्न क्षेत्रहरुमा बिभिन्न किसिमका असर पु¥याएको छ ।
जस्तैः जलश्रोत,स्वास्थ्य,कृषि,जैविक विविधता,खाद्य सुरक्षा,प्राकृतिक प्रकोप आदि ।
जलश्रोतमा पु¥याएको कुरा गर्ने हो भने बढदो तापक्रमका कारण हिउँ पग्लन्छ । जसले गर्दा नदीको गतिमा बृद्धि हुन्छ र बाढी निम्त्याउँदछ । बढ्दो तापक्रकै कारण हिमतालहरु फुट्ने खतरा बढेको पाइन्छ । नेपालमा करिब २३२३ वटा हिमतालहरु छन् । जसमा २० वटा फुट्ने अवस्थामा रहेका छन् ।
नेपालका नदीनालाहरु १.४८ बर्ग मिटर प्रति सेकेण्डले बगेका छन । जुन पहिलेको भन्दा बढी मानिन्छ । हिमतालको क्षेत्र बढनुमा पनि जलवायु परिवर्तन नै मुख्य कारण हो भन्न सकिन्छ । वरुण क्षेत्रमा सन १९६४ मा कुनै ताल भेटिएको थिएन । सन १९९५ मा ०.०२४५ बर्ग कि.मी. को ताल भेटियो र १९९७ मा त्यो बढेर ०.७८ बर्ग कि.मी. भयो । त्यसैगरि जैविक विविधतामा हेर्ने हो भने बढदो तापक्रमका कारणले तराईमा पाइने अन्नबालीहरु पहाड र पहाडको हिमाल तर्फ सर्ने गरेको पाईन्छ । त्यस्तै कृषि क्षेत्रमा पनि जलवायु परिवर्तनले धेरै नै असर पु¥याएको छ ।
२.५ डिग्री सेल्सियसले तापक्रम बढन गए कृषि उत्पादन घट्ने अध्ययनहरुले देखाएको छ । एक अध्ययनले त के सम्म देखाएको छ भने धान उत्पादन ९.५ प्रतिशतले तराई, ५ प्रतिशतले पहाड र १६ प्रतिशतले हिमालमा कार्वनडाइअक्साइडको बृद्धिसँगै वद्धि हुने तर ४ डिग्री सेल्सियस र २० प्रतिशत वर्षा बढ्दा तराईमा धान उत्पादन –०.८ प्रतिशतले घट्ने, पहाडमा १४.६ प्रतिशतले र हिमालमा २९.१ प्रतिशतले बृद्धि हुने देखाएको छ । अध्ययनले मकै उत्पादनमा पनि असर पु¥याउने देखाउँछ । बढ्दो तापक्रमले दुध र मासुको गुणस्तर पनि घटाउने ति अध्ययनहरुले देखाएका छन् । यस प्रकारले कृषि क्षेत्रमा देखापरेको असरले विश्व खाद्य सुरक्षामा समेत असर पु¥याउने देखिन्छ ।
जलवायु परिवर्तनले बाढीपहिरो,नदी कटान,खडेरी जस्ता प्राकृतिक प्रकोपहरुको घटनाहरु बढाई रहेका छन् । बर्षाको मात्रा बढेकोले बाढीको जोखिम बढेको छ । हिउँ पग्लने क्रमले हिमताल फुटने खतरा बढेको छ । अर्को तिर बर्षा हुने दिन घट्नाले खडेरी हुने अवस्था भएको पाइन्छ र त्यस्तो ठाउँमा ठुलो बर्षा हुँदा पहिरो जाने सम्भावना बढी हुन्छ । स्वस्थ्य क्षेत्रमा पनि यसको असर उत्तिकै देखिन्छ । तापक्रम बृद्धि, बर्षामा परिवर्तनको कारणले गर्दा मलेरिया, जापनिज इन्सेफ्लाइटिक्स, कालजार जस्ता रोगहरुको संक्रमण बढन जान्छ । प्राकृतिक प्रकोप बृद्धिका कारण पनि यसमा थप मद्दत पुगेको छ । जलवायु परिवर्तनका असरहरु हेर्ने हो भने यसले भावी समयमा ठुलो जनधनको क्षति पु¥याउने अवस्था देखिन्छ ।
विश्वभरी प्रभाव पारी मानव जातीको लागि खतरा बनेको जलवायु परिवर्तनको समाधान गर्न आवश्यक देखिन्छ । तर, त्यो त्यति सजिलो छैन । यदी हामीले हरितगृह ग्यासको उत्सर्जन पुरै कटौती गर्ने हो भने पनि बायुमण्डलमा यसको सन्तुलित मात्रा हुन पनि बर्षौ लाग्नेछ । जलवायु परिवर्तनसँग जुध्न दुई प्रकारका रणनीतिहरु अपनाउन सकिन्छ ।
१. निस्प्रभावीकरण रणनीति :
जस अनुसार बढ्दो तापक्रममा कमी ल्याई जलवायु परिवर्तनको असरलाई कम गराइन्छ । हरितगृह ग्यासको मात्रामा कमि ल्याउन सर्वसाधारणदेखि राज्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ब्यक्तिगत तर्फमा सामान्य जीवनबाट उत्सर्जन भएको हरितगृह ग्यासको कटौती गर्न सकिन्छ । यसका लागि सवारी साधनको कम प्रयोग गर्ने, बृक्षारोपण, प्रदुषण नियन्त्रण आदि हुन सक्छन । त्यसैगरि राज्यहरु विच हुने कार्वन व्यापार पनि एक महत्वपूर्ण नीति हुनसक्छ ।
२. अनुकुल रणनीति :
जस अनुसार जलवायु परिवर्तनद्धारा देखिएको असरसँग जुधेर रहनु हो । यस अन्र्तगत भूमि ब्यवस्थापन, उर्जा ब्यवस्थापन, जलाधार ब्यवस्थापन, पूर्वसुचना प्रणाली, प्रकोप तयारी कार्यक्रम आदि पर्दछन । यस्ता प्रकारका रणनीतिहरुलाई प्रयोगमा ल्याएर जलवायु परिवर्तनको असरहरुबाट जुध्न सकिन्छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












