मोरङमा पनि स्थानीय निर्वाचनको चहलपहल बढ्यो
पथरी (मोरङ), १८ फागुन । मोरङ जिल्लामा पनि स्थानीय निकाय निर्वाचनको चहलपहल बढेको र आम नागरिकमा उत्साह बढेको पाइएको छ । २० वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीयवासी निक्कै उत्साहित छन् ।
विराटनगर–४ का ६७ वर्षीय खगेश्वर तिमल्सिनाले भोजपुरको भुल्केमा २० वर्षपहिले भोट हाल्नुभएको थियो । भोट हाल्न नपाएको धेरै भए पनि सबैलाई मिलाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “स्थानीय निकायको चुनावले हामीलाई निक्कै उत्साहित बनाएको छ ।” गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस सबै क्षेत्रमा छ । स्थानीय निर्वाचनले जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।
त्यसैका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने नेपाली काँग्रेस नगर सभापति भीम पराजुलीको भनाइ छ । स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको उहाँ बताउनुहुन्छ । काँग्रेसमा मात्र हैन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा पनि स्थानीय तहको निर्वाचन घोषणाले कार्यकर्तामा चहलपहल बढाएको छ ।
स्थानीय तहको निर्वाचन अपरिहार्य रहेका कारण पनि सबैमा खुसीको सञ्चार भएको एमालेको तर्क छ । स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँगाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेको बताउनुहुन्छ, एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी । उहाँले भन्नुभयो, “एमाले चुनावी अभियानमा लागिसकेको छ ।”
स्थानीय तहको निर्वाचनले नयाँ नेतृत्व र विकासका लागि जनप्रतिनिधिको ढोका खुलेको माओवादी केन्द्र, मोरङका उपाध्यक्ष भोगेन्द्र यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अबको विकल्प स्थानीय चुनाउ नै हो ।”
निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको मात्र छैन स्थानीय तहको सेवासुविधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा नागरिकमा छ । विराटनगर–१ का स्थानीय कविराज निरौला स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने तर्क गर्नुहुन्छ ।
मधेस केन्द्रित दलको असन्तुष्टि र पुनःसंरचनाको सवालले निर्वाचनमा चुनौती थपिए पनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको मधेसमा केन्द्रित नागरिकको नै बुझाइ छ ।
मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित नगरपालिका, बेलबारी, लेटाङ, पथरी–शनिश्चरे, रङ्गेली, रतुवामाई, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैचा र आठ गाउँपालिका बूढीगङ्गा, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केराबारी र मिक्लाजुङ गरी १७ स्थानीय तहमा निर्वाचन हुनेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












