स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल
चितवन, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताउनुभएको छ ।
जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताउनुभयो ।
उहाँले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउनुहुँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ ।” समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कतै यो पुस्ता नै राजनीतिमा असफल त हुँदैन भन्ने डर बढेको छ ।” निर्वाचनबाट मधेसी मोर्चालाई बाहिर राख्न नहुने बताउँदै उहाँले संविधान जारी गर्दा मोर्चा बाहिर भएका कारण अहिले समस्या देखिएको बताउनुभयो ।
हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउनुहुँदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताउनुभयो ।
“यसले नै राष्ट्रिय एकता कायम गर्छ” पौडेलले भन्नुभयो । सप्तरी घटना दुःखद् भएको बताउँदै वरिष्ठ नेता पौडेलले घटनाले मधेसी मोर्चाको माग सम्बोधन नभएको र कुनै पनि दल कुनै पनि कार्यक्रम लिएर तराई जान नसक्ने वातावरण बन्नुले निर्वाचनलाई बाधा पुगेको बताउनुभयो ।
कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, रामचन्द्र पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पुस्तकका लेखक कृष्णलाल सापकोटा लगायतले बोल्नुभएको थियो । पुस्तकमा सापकोटाको राजनीतिक, सामाजिक जीवन र आन्दोलनका बारेमा चर्चा गरिएको छ । कार्यक्रम महासंघका सभापति कृष्णप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












