प्रधानमन्त्रीद्वारा मोर्चालाई निर्वाचनमा सहभागि हुन आह्वान
काठमाडौं १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
संविधान संशोधन विधेयक पारितका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्री दाहालले मधेशी जनताको भावना बुझी निर्वाचनमा सहभागी हुन मोर्चा नेतालाई आह्वान गरेका हुन् ।
ललितपुरमा स्थानीय तह कार्यान्वयनमा ल्याउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनका लागि सीमांकन हेरफेर आवश्यक नभएको वताए ।
प्रदेश सीमांकनको हेरफेरलाई प्रमुख एजेण्डा बनाएर आन्दोलनमा रहेको मधेशी मोर्चाको माग बिस्तारै सम्बोधन हुने उनको भनाई छ ।
मधेश आन्दोलनमा मारिएका परिवारलाई उचित राहत, घाईतेको उपचार र मोर्चाले उठाएको माग सम्बोधनमा आफू सधै गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले जायज माग सम्बोधनका लागि अहिलेपनि सरकार गम्भीर हरेको जानकारी दिए ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा मधेशमा समेत १३ सय बढीको मृत्यु भएको प्रसंग झिक्दै प्रधानमन्त्री दाहालले उनीहरुको सम्मानका लागि समेत मधेशी जनतालाई अधिकारसम्पन्न बनाउनु आफ्नो कर्तब्य भएको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सीमांकन हेरफेर सहित मोर्चाले उठाएका पछिल्ला माग सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन सरकार लागि परेको बताए ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै संविधान कार्यान्वयनका लागि समेत बाटो प्रशस्त भएको बताउँदै प्रधानमन्त्री दाहालले हरेक दल, कार्यकर्ता, स्थानीयबासी र सम्बन्धित सबैलाई सहयोग गर्न अपिल गरे ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












