निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्नेमा काँग्रेसको जोड
काठमाडौँ, १ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु¥याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले वताए ।
“निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ”, उनले जानकारी दिए । संशोधनमा बहुमत पुग्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासमा नेता मन्सुरले तराई–मधेसका बहुमत जनताको अधिकारका लागि संशोधन ल्याइएकाले संशोधनमा दुई तिहाइभन्दा बढी मत पुग्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












