माओवादी केन्द्रलाई झड्का, एक सय असीजना कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं । अर्घाखाँची जिल्ला खनदह गाविसका मा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यसमेत १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहानसहितका नेता तथा कार्यकर्ता माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य पर्शुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनाल, पूर्व उपाध्यक्ष कुलप्रसाद खनाललाई एमालेले टीका लगाएर स्वागत गरेको थियो ।
माओवादी केन्द्र त्याग्नेमा पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता रहेको एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए ।
आफ्नो मेहनत र पसिना एमालेमै खर्र्चिएको र आफू आफ्नै पुरानो घरमा फर्किँदा खुसी लागेको साथै मुलुकको आमूल परिवर्तन गर्न नेकपा एमालेमात्रै सक्षम रहेको प्रवेशपछि नेता जीवन चौहानले बताएका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...












