ट्रम्पलाई अदालतको अर्को झड्का : यात्रा प्रतिबन्धमाथि फेरि रोक

न्युयोर्क/अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पले मुसलमानको बाहुल्य रहेका देशका नागरिकमाथि लगाएको नयाँ यात्रा प्रतिबन्धलाई संघीय न्यायाधीशले रोकिदिएका छन् । हवाईका संघीय न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धलाई रोक लगाएका हुन् । हवाई राज्यका सरकारी वकिलले ट्रम्पको नयाँ आदेशले मुसलमान आप्रवासीमाथि भेदभाव गरेको भन्दै सोविरुद्ध यसै साता मुद्दा दायर गरेका थिए ।
कार्यान्वयन हुनु केही घन्टाअघि आदेश
६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा आउनुभन्दा केही घन्टाअघि संघीय न्यायाधीशले रोक्ने फैसला गरेका हुन् । ट्रम्पको आदेश बिहीबार रातिदेखि कार्यान्वयन हुने तयारीमा थियो । राष्ट्रपति ट्रम्पले ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा ९० दिन र शरणार्थीका लागि एक २० दिन प्रतिबन्ध लगाएका थिए । प्रतिबन्ध लगाएका देशमा लिबिया, सोमालिया, सुडान, सिरिया, यमन र इरान रहेका छन् ।
‘ट्रम्पको आदेशले घृणा फैलायो’
ट्रम्पको कार्यकारी आदेशले कुनै निश्चित धर्मप्रति घृणा जगाएकोे अदालतको फैसलामा उल्लेख छ । हवाई राज्यका न्यायाधीश डेरिक वाट्सनले ट्रम्पको संशोधित आदेश राष्ट्रिय सुरक्षाको सवालसँग जोडिएको भन्ने सरकारको तर्कलाई पुष्टि गर्ने आधार नभएको बताए । सन् २०१५ मा ट्रम्पले प्रेस विज्ञप्ति जारी गरी अमेरिकामा मुसलमानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने आशय व्यक्त गरेको र ट्रम्पका सल्लाहकार रुडोल्फ गिउलियानीले गत जनवरीमा ट्रम्पको प्रतिबन्धलाई ‘मुस्लिममाथिको प्रतिबन्ध’ भन्ने अभिव्यक्तिलाई पनि अदालतले सन्दर्भका रूपमा जोडेको छ । यसअघि ट्रम्पको संशोधित आदेशका विषयमा हवाई राज्यमा विरोध भएको थियो । प्रतिबन्धले पर्यटनमा असर गर्ने, विदेशी कामदार र विद्यार्थीको भर्ना प्रक्रियामा प्रभाव पार्ने सो राज्यले तर्क गरेको थियो ।
कमजोर हुँदै ट्रम्प
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले मुसलमानलाई निसाना बनाएका छन् । दुईवटा कार्यकारी आदेशमार्फत उनले मुसलमानलाई अमरिकामा यात्रा प्रतिबन्ध लगाए पनि अदालतले दुवैपटक अस्वीकार गरेको छ । अतिवादीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न सो कदम चालिएको ट्रम्पले बताउँदै आएका छन् । तर, आलोचकले ट्रम्पले निश्चित देशका नागरिकलाई विभेद गरेको बताएका छन् । ट्रम्पले यसअघि लगाएको यात्रा प्रतिबन्धसम्बन्धी आदेशको अमेरिकी सहरमा तीव्र विरोध भएको थियो भने ट्रम्पको आदेश जारी हुँदा अमेरिका प्रवेशका लागि विमानमा उडेका मानिस विमानस्थलमा उत्रँदा अन्योलमा परेका थिए । उनको प्रतिबन्धलाई सियाटलका न्यायाधीशले रोक लगाइदिएका थिए ।
‘न्यायपालिकाले अनावश्यक हस्तक्षेप गर्यो’
संघीय अदालतको पछिल्लो फैसला कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेप भएको राष्ट्रपति ट्रम्पले बताए । फैसलालाई दोषपूर्ण बताउँदै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिने उनले बताए । ‘फैसला दोषपूर्ण र न्यायपालिकाको अप्रत्याशित हस्तक्षेप हो,’ उनले भने । हवाईको फैसलाविरुद्ध नाइन्थ सर्किट अफ अपिल्समा पुनरावेदन गरिने उनले बताए ।
राष्ट्रिय सुरक्षाको मामिलामा संविधानले राष्ट्रपतिलाई आप्रवासीलाई निलम्बन गर्न सक्ने अधिकार दिएको र ट्रम्पका कुनै पनि आदेशले धर्मका आधारमा विभेद नगरेको ट्रम्प प्रशासनले तर्क गरेको छ । संशोधित प्रतिबन्ध पूर्वराष्ट्रपति बाराक ओबामाको ६ वटा मुस्लिम मुलकका नागरिकमाथि अमेरिका प्रवेशमा लगाएको कडाइको निरन्तरता भएको न्याय मन्त्रालयका वकिलहरूले तर्क गरेका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












