मोर्चालाई निर्वाचनमा सहभागी हुन कमल थापाको आग्रह
विराटनगर, ६ चैत । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गर्नुभयो ।
आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पार्नुभयो ।
वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उहाँले निर्वाचन निर्धारित समयमै हुनेछ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराउनुभयो । रासस
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












