काँग्रेस र मधेशी दलबीच सरकार निमार्णको तयारी: बिजुक्छें
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेशी दलबीच सत्ता समिकरण हुन सक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अबको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेशी दलबीच सत्ताको समिकरण देखा पर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहनाअनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने उनको भनाइ छ ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा उनको जोड थियो । सरकारमा सामेल दलदेखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोगले केही गर्न नसकेको अध्यक्ष बिजुक्छेले टिप्पणी गरे ।
निर्वाचनको मुखमा जसरी स्थानीय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशी वा सत्तामा सामेल दलले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको उनको आरोप छ ।
सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरि सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण निर्वाचन आयोगलाई काम गर्न दिनु पर्ने उनले बताएका छन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












