नयाँ शक्तिका संंस्थापक सदस्यसहित २६ जनाद्वारा पार्टी परित्याग
काठमाडौं, ६ चैत । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका संस्थापक सदस्यसहित एकैपटक २६ जना नेताले पार्टी परित्याग गरेका छन् ।
मलेसियाका संस्थापक सदस्य एवं मध्यपूर्व सल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजुप्रसाद ढुंगाना ‘प्रनिल’सहित २६ जना सदस्यले आज एक विज्ञप्ति जारी गर्दै सामुहिक राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा बैकल्पिक राजनीतिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढ्न नसकेको भन्दै राजीनामा दिएको उनीहरुले बताएका छन् ।
नयाँ शक्तिको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि भएपनि पार्टी नितान्त पुरानै राजनीतिको परम्परागत प्रवृत्तिबाट भिन्न नरहेको उनीहरुले आरोप लगाएका छन् ।
देशलाई संघीयतातर्फ लगेर उपलब्धि संस्थागत गर्नुको सट्टा नयाँ शक्तिले मधेसी मोर्चासंग साठगाठ गरेर पार्टीलाई कमजोर काम नलाग्ने बताएका छन् ।
‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भएको ठहरियो, जसको कारण नयाँ शक्ति आफैले प्रमाणित गरिदिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, ‘पार्टी डा। बाबुराम भट्टराईको निजी कम्पनी जस्तो झल्किदै गएकोले अब कसैले नकार्न सक्दैन, नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो, तसर्थ हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्तिः
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












