नयाँ शक्तिका संंस्थापक सदस्यसहित २६ जनाद्वारा पार्टी परित्याग
काठमाडौं, ६ चैत । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका संस्थापक सदस्यसहित एकैपटक २६ जना नेताले पार्टी परित्याग गरेका छन् ।
मलेसियाका संस्थापक सदस्य एवं मध्यपूर्व सल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजुप्रसाद ढुंगाना ‘प्रनिल’सहित २६ जना सदस्यले आज एक विज्ञप्ति जारी गर्दै सामुहिक राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा बैकल्पिक राजनीतिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढ्न नसकेको भन्दै राजीनामा दिएको उनीहरुले बताएका छन् ।
नयाँ शक्तिको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि भएपनि पार्टी नितान्त पुरानै राजनीतिको परम्परागत प्रवृत्तिबाट भिन्न नरहेको उनीहरुले आरोप लगाएका छन् ।
देशलाई संघीयतातर्फ लगेर उपलब्धि संस्थागत गर्नुको सट्टा नयाँ शक्तिले मधेसी मोर्चासंग साठगाठ गरेर पार्टीलाई कमजोर काम नलाग्ने बताएका छन् ।
‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भएको ठहरियो, जसको कारण नयाँ शक्ति आफैले प्रमाणित गरिदिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, ‘पार्टी डा। बाबुराम भट्टराईको निजी कम्पनी जस्तो झल्किदै गएकोले अब कसैले नकार्न सक्दैन, नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो, तसर्थ हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्तिः
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












