अमेरिकी चुनावमा रसियाली प्रभावबारे एफबिआईले पनि अनुसन्धान गरेको खुलासा
वासिङटन । अमेरिकी सुरक्षा एजेन्सी एफबिआईका निर्देशक जेम्स कोमेले पहिलो पटक एफबिआईले सन् २०१६ को चुनावमा रसियाली हस्तक्षेपको बारेमा अनुसन्धान गरिरहेको स्वीकार गरेका छ । यद्यपि, कोमेले ओबामा सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्याप गरेको प्रमाण भने फेला नपारेको बताएका छन् । कंग्रेसको इन्टिलिजेन्स कमिटीलाई प्रमाण दिँदै सो कुरा बताएका हुन् ।
यता, ट्रम्प सरकारले भने ट्रम्प र रसियाबीच सहकार्यको कुनै प्रमाण नभएको दाबी गरेको छ ।
रसियाले अमेरिकी चुनावलाई प्रभावित गर्ने खालका कुनैपनि नगरेको बताउँदै आएको छ ।
एफबिआईले ट्रम्पको चुनावी प्रचारमा संलग्न व्यक्ति र रसियाली सरकारबीचको सम्बन्धको बारेमा अध्यनन गरि दुईबीच सहकार्य भए–नभएको अनुसन्धान गर्नेछ ।
‘एफबिआईले यसमा कुनै अपराध भए नभएको पनि पत्ता लगाउने छ,’ कोमेले भने । उनले यो अनुसन्धान जटिल भएको र कहिले यो पूरा हुन्छ भनेर समयतालिका दिन नसकिने पनि बताए
ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन स्पाइसरले एसबाट आफूहरु चिन्तित नभएको बताएका छन् । ‘तपाइँहरु केही कुराको अनुसन्धान गर्न पाउनुहुन्छ । तर, जुन कुराको अस्तित्व नै छैन, त्यसको अनुसन्धान गर्नुको कुनै अर्थ छैन,’ स्पाइसरले भने ।
नेसनल सेक्युरिटी एजेन्सीका प्रमुख एडमिरल माइक रोजर्स पनि कमिटी समक्ष उपस्थित भएका थिए । उनले एनएसले गत जनवरीमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पका प्रतिद्वन्द्वी हिलारी विरुद्ध अभियान चलाउन निर्देशन दिएको रिपार्टप्रति आफूहरु प्रतिबद्ध भएको बताएका थिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











