कमल थापा ‘बोक्सी कि धामी’ ?
बोक्सी पनि आफैँ, धामी पनि आफैँ भन्ने नेपाली उखान यतिबेला कमल थापामा लागू भएको छ । राजनीतिमा लागेदेखि नै राजाको पाउ मोल्दै–मोल्दै यो क्षेत्रमा यहाँसम्म आइपुगेका थापा राजा आफैं जोगी भएपछि बिस्तारै दरबारबाट बाहिर आए । तर,भोलि फेरि कतै राजतन्त्र फर्किहाल्छ कि भन्ने आशा यिनमा हटेको छैन त्यही आशामा यिनले राजतन्त्रको वकालत गर्न पनि छोडेका छैनन् । र, परिआए गणतन्त्रात्मक नेपालको विभिन्न कालखण्डमा सरकारमा पनि लाज पचाएर सहभागी भइरहेका छन् । राजतन्त्र र गणतन्त्र पटक्कै मिल्न नसक्ने कुरा हुन् तर दुवैको पक्षमा समान तरिकाले उभिदै आएका थापा राजनीति भित्रको गभारो हुन् । आफैँ सरकारमा बसेर आफैँ सडकमा कार्यकर्ता उतार्दै आन्दोलन गर्न जाने यिनको पछिल्लो हविगत देखेर यिनीमाथि केही प्रश्न ते¥र्याउन मन लाग्यो।
१. यो सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य के हो ?
२. मन्त्री खान पाए संविधान संशोधनको पक्षमा भोट हाल्ने नपाएर विपक्षमा भोट हाल्ने यो नीति वर्तमान समस्याको गाँठो फुकाउनको लागि अपनाएको कि आफ्नो भुँडि मात्रै भर्न ?
३. संसदमा चौँथो ठूलो दलको प्रमुख भइसकेपछि पहिले भन्दा अलि गम्भीर भएर समस्या समाधानमा सहज भूमिका खेल्न पर्छ कि पर्दैन ?
४. राजतन्त्र र गणतन्त्र/लोकतन्त्र यी परस्पर बिरोधी तत्वलाई किन एकैसाथ अँगालो हालेर हिँडेको ?
५. राजाले दरबार त्याग्न लाग्दा उनलाई दरबार नछोड हामी साथ दिन्छौँ भनेर राजसंस्था जोगाउन किन नसकेको ?
६. राजाले नै जनताको खुसी आफ्नो पनि खुसी हो भन्दा पनि तिमीलाई जनताको खुसी किन सैह्य नभएको ?
७. राजसंस्थाको यति माया भएको व्यक्तिले पुरानो राप्रपासँग पार्टी एकता गर्नुको सट्टा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी खोल्न किन नसकेको ?
८. यदि राजतन्त्र र हिन्दु राज्य नै मान्ने हो भने मन्त्री पदबाट राजिनामा दिएर निर्वाचन आयोग घेर्न गएको भए के हुन्थ्यो ?
९. उप–प्रधानमन्त्री जस्तो पदमा बसेर आफैँ निर्वाचन आयोगमा घेरा हाल्न जान अलिकति पनि लाज लागेन ?
१०. निर्वाचनमा सहभागी हुन्छौँ भन्ने अनि त्यही निर्वाचन आयोगको ढोकामा गएर लम्पसार पर्ने यो कहाँबाट सिकेको राष्ट्रबाद हो ?
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












