नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्दै
नवलपरासी, ११ चैत । सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ ।
राज्य पुनर्संरचनाअन्तर्गत जिल्लामा हाल सातवटा नगरपालिका र आठवटा गाउँपालिका भएका छन् । आ–आफ्नो गाउँ तथा नगरपालिकामा गाउँपालिका प्रमुख तथा नगरपालिकाको प्रमुखका रुपमा आकाङ्क्षी देखिएका आकाङ्क्षी आ–आफ्नो तरिकाले मतदाता रिझाउन लागेका छन् । १९ वर्षपछि हुन लागेको निर्वाचनमा पार्टीगतभन्दा पनि तटस्थ मतदाताको मत निर्णायक हुनेमा मधेसकेन्द्रित दलबाहेक अरू सबैजसो दलका जिल्ला नेता सहमत देखिएका छन् ।
विशेषगरी आफ्नो दलबाट उम्मेदवार बन्न जिल्लाबाट प्रतिनिधित्व गरेका केन्द्रीयस्तरका नेता र निर्वाचित सांसद कहाँ टिकट प्राप्त गर्नका लागि आकाङ्क्षी दौडधुपमा व्यस्त छन् । सबैभन्दा बढी स्थानीय आकाङ्क्षी देखिएको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, बर्दघाट, रामग्राम र सुनवल नगरपालिकामा नेतृत्वमा पुग्न पुराना र नयाँ अनुहारको हानथाप सुरु भएको छ ।
प्रदेश नं ४ मा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका परेका छन् जसअन्तर्गत ५९ हजारभन्दा बढी जनसङ्ख्या रहेको गैँडाकोट नगरपालिकामा सबै दलमा उम्मेदवारको टुङ्गो लगाउन दललाई हम्मेहम्मे पर्ने अवस्था छ ।
गैँडाकोट नगरपालिका नेपाली काँग्रेसका लागि सबैभन्दा पकड भएको मानिएको र मुकुन्दपुर, अमरापुरी र रतनपुर गाविसका केही वडा गाभिएर बनेको गैँडाकोट नगरपालिकामा काँग्रेसलाई चुनौती दिन अन्य सबै दल एक प्यानल बन्ने कसरतमा देखिएका छन् ।
गैँडाकोटमा काँग्रेसविरुद्ध एमाले, माओवादी केन्द्र र अन्य नौवटा साना दलको मोर्चाबन्दी हुने सम्भावना बढी छ । त्यहाँ काँग्रेसबाट मेयरमा युुवा पुस्ताका चर्चित उम्मेदवार केशव सापकोटा, पुराना नेता मदनभक्त अधिकारी, ओमप्रसाद सापकोटा, गजेन्द्र आलेमगर र क्षेत्रीय सभापति द्रोण बन सन्यासीको नाम चर्चामा छ ।
स्थानीयस्तरमा सामाजिक विकास र विभिन्न राजनीतिका विभिन्न तहमा कुशल नेतृत्व प्रदान गरिसकेका केशव सापकोटालाई काँग्रेसले अघि सार्नुपर्ने भन्दै केही युवा जमात पनि लबिङमा लागेका छन् । काँग्रेससँग दरिलो, दाबेदार एमालेमा पनि उम्मेदवार बन्न हानथाप उस्तै छ । एमालेबाट मेयरमा छत्र पौडेल र यमुनाथ आचार्य मुख्य दाबेदार देखिएको एमाले जिल्ला नेतृत्वले जानकारी दिएको छ ।
जनजातिको मत निर्णायक रहेको र २७ हजारभन्दा बढी मतदाता रहेको देवचुली नगरपालिकामा जनजातिका मत तान्न सक्ने उम्मेदवारको खोजीमा सबै दल लागेका छन् ।
देवचुलीमा काँग्रेसबाट हेमराज कोइराला, डिल्लीराम कडरिया टिकट दाबी गर्दै नेताको घरदैलोमा टिकटका लागि दौडधुप गरेका छन् । देवचुलीमा एमालेबाट निर्वाचनमा मेयरको उम्मेदवार बन्ने आकाङ्क्षाका कारण शिक्षक खिमानन्द भुसालले राजीनामा स्वीकृत गराएर बसेका छन् । नवलपरासीको पूर्वी भागको कावासोती नगरपालिकामा ती तीनवटै दलमा उम्मेदवार दिने आकाङ्क्षी बढी देखिएका छन् ।
काँग्रेसबाट मेयरको उम्मेदवार बन्न झपीन्द्र भुसालले कुमारवर्ती क्याम्पस प्रमुखबाट राजीनामा दिएका छन् । कावासोतीमा मेयरका लागि काँग्रेसमा नयाँ पुस्ताको हानथाप नै देखिएको छ । मेयरमा काँग्रेस पार्टीका जिल्ला सचिव बालकृष्ण घिमिरे, महेन्द्र पोख्रेल र महिला सङ्घकी जिल्ला सचिव सरस्वती तिमिल्सिनाको नाम चर्चामा छ ।
कावासोतीमा एमालेबाट दुर्गा भण्डारी र दीपक लम्साल चर्चामा देखिएका छन् । साबिकका शिवमन्दिर, कावासोती, अग्यौली, पिठौली र कुमारवर्ती गाविस मिलाएर बनाइएको कावासोती नगरपालिकामा आ–आफ्नै दाबी रहेको छ ।
प्रदेश नं ५ क्षेत्रमा पर्ने अर्थात् दाउन्नेपारिको रामग्राम, सुनवल र बर्दघाट गरी तीनवटा नगरपालिका यतिबेला विभिन्न दल निटकका नेता, मेयर वा नगर प्रमुखका आकाङ्क्षी देखिएका छन् । तीमध्ये नेपाली काँग्रेसका तर्फबाट नरेन्द्रकुमार गुप्ता र बैजनाथ जयसवाल चर्चामा छन् । यद्यपि जयसवाललाई गत संविधान सभामा निर्वाचन क्षेत्र ४ का बागी उम्मेदवारलाई सहयोग गरेको आधारमा केन्द्रीय समितिबाट कारबाही पनि भएको थियो ।
यस्तै, नेकपा (एमाले)का तर्फबाट दीपेन्द्र यादवको नाम चर्चामा छ । त्यस्तै माओवादी केन्द्रबाट बुद्धन अलि चर्चामा छन् । मधेसी मोर्चाले भने स्थानीय निर्वाचनमा भाग नलिने बताउँदै आए पनि यद्यपि आफ्ना माग पूरा हुने गरी संविधान संशोधन गरेर सरकारले निर्वाचन गरेमा निर्वाचनमा सहभागी बन्ने सम्भावना छ । सो अवस्थामा मधेसी मोर्चा एक भएर सत्रजित यादवलाई मेयरमा अघि सार्ने चर्चा छ ।
त्यस्तै, सुनवल नगरपालिकाको मेयरमा काँग्रेसका तर्फबाट अर्जुनकुमार पोखरेल, भीमबहादुर थापा (भरत)को नाम चर्चामा छ । एमालेबाट थानप्रसाद गैरे, बिमला अर्याल, उमानाथ पोख्रेल, बिमला अर्याल मेयर पदको आकाङ्क्षी देखिएका छन् । यस्तै, माओवादी केन्द्रबाट भविश्वर तिवारी र डोलराज भण्डारीको नाम चर्चामा छ ।
यसैगरी, बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा शम्भुलाल श्रेष्ठ, विश्वप्रेम पाठक, इन्द्र सापकोटाको नाम चर्चामा छ । एमालेबाट रुक्मागत ज्ञवाली, दीपेन्द्र अधिकारी र धिरज शर्माको नाम चर्चामा छन् । माओवादी केन्द्रबाट रुद्रप्रकाश उपाध्याय मेयरका आकाङ्क्षी देखिएका छन् ।
जिल्लामा तीनलाख ७३ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाभरि दुईसय ३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब पाँचसय मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












