निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे
रामपुर (पाल्पा), ११ चैत । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी)का नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् । लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेकपा (एमाले)का जिल्ला सदस्य कमल पौडेलले बताउनुभयो ।
संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु भनेको जनताप्रतिको बेइमानी हुनेछ सदस्य पौडेलले बताउनुभएको छ ।
एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् ।
यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् । जनयुद्धदेखि हालसम्मको अवस्थामा आइपुग्दा पार्टीका कार्यकर्ताले खेलेको भूमिकालाई उच्च मूल्याङ्कनकै आधारमा निर्वाचनमा टिकट दिइने एनेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य प्रेम सागर शाही बताउनुहुन्छ ।
नेकपा (एमाले)ले पनि तेस्रो चरणको कार्यक्रम बनाएर कार्यकर्ताको घरदैलोमा जाँदैछ । कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरिनेछ, पार्टीका जिम्मेवार एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा राससलाई बताउनुभयो । “पार्टीमा अहिले मत मतान्तर छैन, हामी गुट, समूहभन्दा पनि सिङ्गो पार्टी भनेर लागेका छौँ”, उहाँले भन्नुभयो ।
मुख्य ठूलो दल नेपाली काँग्रेसको दोस्रो चरणको कार्यक्रम सकिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति सन्तोष थापाले बताउनुभयो । गाउँपालिका भइसकेपछि पनि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला सम्पन्न भइसकेको छ ।
त्यसअलावा पार्टीका जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित नै छन् । संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरणको कार्यक्रम सकिएको नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












