चीनको विकासले नेपाललाई पनि सहयोग पुग्ने : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
बेइजिङस्थित नेपाली दूतावासले आज साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति हामी सराहना व्यक्त गर्दछौँ भन्नुभयो ।
बेइजिङस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताउनुभयो ।
“हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ”– उहाँले भन्नुभयो । आकार र अर्थतन्त्रमा साना ठूला भएपनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले भन्नुभयो, “मैले एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिएर आएको छु र सो सम्मेलन नेपाल जस्तो देशका लागि फलदायी हुने विश्वास लिएको छु ।”
चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको बोआओमा भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनमा बसिरहेका नेपालीले पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन सहयोग पु¥याउन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङ तथा अन्य चिनियाँ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको र त्यसबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने पनि बताउनुभयो । उहाँले दुईदेशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलाई अघि बढाउन नेपाल अग्रसर रहेको र नेपाल ‘एक क्षेत्र एक सडक’ अवधारणामा सहभागी हुन इच्छुक रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको बताउनुभयो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री तथा उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।
सो अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरु, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरु व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












