राष्ट्रिय एकताका लागि संविधान संशोधन : संयोजक डा.भट्टराई
धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले जारी हिमाल, पहाड, तराई–मधेश–थरुहट राष्ट्रिय अभियानको मुख्य लक्ष्य नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानु रहेको बताएका छन्। धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सो बताएका हुन्।
संयोजक भट्टराईले संविधान संशोधनले असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने र त्यसले चुनावको वातावरण बनाउने उल्लेख गर्दै संविधान संशोधनमार्फत संघीयता र सीमांकनको विषय टुंगोमा पुर्याएर तीनवटै तहको चुनाव एकैचोटी गर्दा उपयुक्त र सहज हुने बताए।
पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै उनले राज्यको पुनःसंरचना आयोग र समितिको प्रतिवेदन अनुसार संघीय स्वरुप बनाएको भए संघीयताको व्यवस्थापन सहज हुने तर्क गर्दै अहिले कायम गरिएको ७ प्रदेशमै गए पनि प्रदेशहरुको सीमा हेरफेर गरेर समाधान खोज्न सकिने बताए। ‘सीमा हेरफेर गर्नुहुँदैन भन्ने केही छैन, आवश्यकता अनुसार हेरफेर गर्न सकिन्छ, गर्नुपर्छ,’ उनले जोड दिए।
‘संविधान संशोधनको प्रस्ताव भारतको स्वार्थमा आएको होरु’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै संयोजक भट्टराईले भने – ‘हामीले हरेक विषयलाई भारतसँग जोडेर हिनाताबोध प्रदर्शन गर्नु हुँदैन । यो हाम्रा पुर्खाले खुकुरीको भरमा लडेर बनाएको मुलुक हो । गोविन्द गौतमहरुको वीरतापूर्ण सहादतले यो देशको एक मुठी जमिन पनि हामी मिच्न दिंदैनौ भन्ने प्रमाणित गरेको छ । यसर्थ, संविधान संशोधन हाम्रो आफ्नै आन्तरिक मामिला हो, यसमा कुनै छिमेकीलाई दोष दिनु उचित होइन।’
संयोजक भट्टराईले नयाँ शक्तिले आन्दोलनकारी र सत्तापक्षको बिचमा रहेर समन्वय गर्दै देशलाई राजनीतिक निकास दिन खोजेको कुरामा पनि जोड दिए। राजनीतिक समस्या हल गर्नमा नयाँ शक्तिको कुनै पनि कठोर र कट्टर अडान नरहेको बताउँदै उनले सबै तहको चुनावमा नयाँ शक्तिको सशक्त उपस्थिति हुने उल्लेख गरे।
‘हामी सबै ७ सय ४४ स्थानीय तहहरुको चुनावमा सहभागी हुन्छौं, प्रदेश र केन्द्रमा पनि स्वतः हुन्छौं’ उनले जोड दिए – ‘तर, यो स्थानीय तहको चुनाव भएपछि सबै समस्याहरु हल हुन्छन् भन्ने जुन भ्रम छ, त्यो सत्य होइन तीनवटै चुनावहरु अन्तरसम्बन्धित छन् । सबै समस्या हल हुने गरी तीनवटै चुनाव एकैचोटी गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












