अधिकांश जिल्लामा राप्रपाको विस्तारित बैठक सम्पन्न
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ ।
पार्टीको सङ्गठन सुदृढीकरणका लागि देशैभर गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो ।
तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो ।
देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ ।
पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो ।
आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड तथा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा पनि मूल्याङ्कन गरिनेछ ।
जनताका माझमा पार्टीलाई कसरी पु¥याउन सकिन्छ ? आगामी निर्वाचनमा पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकअन्तर्गत केही जिल्लामा कार्यकर्ता भेला समेत गराइएको थियो ।
बाँकी रहेका १५ जिल्लामा एक साताभित्र बैठक सम्पन्न गरिने बताइएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












