क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि समस्या
तेह्रथुम। जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् ।
कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी र थुनुवा छन् । यसरी क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएका छन् । शौचालय, भण्डार, भान्सा, आवास र खानेपानीलगायत क्रियाकलापमा उनीहरुले चर्को समस्या झेलिरहनु परेको कारागार प्रमुख उमेश घिमिरेले बताउनुभयो ।
कारागारमा ६९ जना कैदी र १७ जना थुनुवा रहकोपनि उहाँले बताउनुभयो । ‘२०२८ सालमा स्थापना भएको कारागारको भवनसमेत जीर्ण बनेको छ, अझ त्यसमाथि क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएपछि कसरी अटाउने होला ?’ उहाँले भन्नुभयो ।
कारागारको साढे चारदशक पुरानो भवन गतवर्षको भूकम्पले चर्काएको छ । भवन निर्माणका लागि गतवर्ष नै प्रक्रिया अघि बढाउन माग गरिएको भए पनि अहिलेसम्म कुनै प्रयास नभएको कारागार प्रमुख घिमिरेले बताउनुभयो ।
‘यहाँको तथ्यगत विवरण हामीले पठाएका छौँ, निरन्तर रिपोटिङ र आवश्यक कागजात समेत पठाइरहेका छौँ, तर फाइल मन्त्रालयमै अड्किएको छ,’ उहाँले भन्नुभयो । ‘भवन चर्किएको छ, मर्मतको भरमा चलिरहेको भए पनि प्रकोपजन्य घटना घटे ठूलो क्षति पनि हुनसक्छ, प्रमुख घिमिरेले भन्नुभयो ।
‘कैदीबन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी लगायतको समस्या हुन्छ, उहाँले ‘२५ जना अटाउने ठाउँमा ८७ जना बस्नुपर्दा कस्तो होला भनी प्रश्न गर्नुभयो ? ’कारागारको व्यवस्थापनमा पटक/पटक माग गरेपनि अझै सुनुवाइ नभएको प्रमुख धिमिरेले बताउनुभयो ।
जीर्ण र साँघुरो भवनमा जाडोका महिनामा सन्तोषजनक भए पनि गर्मी र बर्खाका महिनामा भने सास्ती हुने गरेका छन् । भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिँदा बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्ने व्यवस्था मिलाउन समस्या छ । कारागारको भवन निर्माण तथा स्थानान्तरणका लागि पटक÷पटक प्रयास भइरहे पनि गत वैशाख, भदौ र मङ्सिरमा पुनःस्थानान्तरणका लागि लेखापढी गरेर सम्बन्धीत निकायमा पठाएको प्रमुख धिमिरेले बताउनुभयो ।
‘प्रमुख जिल्ला अधिकारीदेखि क्षेत्रीय प्रशासक, विभागका प्रमुख सबैलाई समस्या सुनाएको छु, उहाँले भन्नुभयोे, ‘कति पटक मानवअधिकारकर्मीले पनि कारागार स्थलगत निरीक्षण गरेर फर्केका छन् तर यहाँको अवस्था जस्ताको त्यस्तै छ ।’
तत्कालीन प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको अगुवाइमा कारागार व्यवस्थापनका लागि म्याङलुङको खाद्य गोदाम आसपासको ९ रोपनी जग्गा दिइने सिफारिस गरिएको छ । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












