स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा
हेटौँडा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहमा मकवानपुर जिल्लाको साविक ३५ गाविसमध्ये हाल पुनःसंरचनाअनुसार आठ गाउँपालिका कायम गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।
पुनःसंरचनाअनुसार अहिले मकवानपुरमा वाग्मती गाउँपािलका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भिमफेदी गाउँपालिका कायम गरिएकोे छ ।
यसैगरी उत्तरतर्फ मकवानपुरमा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत आठ गाउँपालिका, एक थाहा नगरपालिका र एक हेटौँडा उपमहानगरपालिकामा स्थानीय निर्वाचन प्रयोजनका लागि कुल १६४ वटा मतदानस्थलको सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगबाट मतदाता नामावली अद्यावधिक भई आइनसकेकाले मकवानपुरमा हाल मतदाता सङ्ख्या उल्लेख गर्न असम्भव भएको छ ।
जिल्लाका आठवटै गाउँपालिकाबाट अध्यक्ष उपाध्यक्ष र थाहा नगरपालिकाका तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख उप्रप्रमुखसहित अब हुने निर्वाचनमा २० जना तथा कुल १०२ वडाबाट वडा अध्यक्ष र सदस्य गरी जम्मा ५३० जना निर्वाचित हुनेछन् ।
यसैगरी स्थानीय तहको निर्वाचनतर्फ जिल्लाको थाहा नगरपालिकाका १२ वडामा ३९ मतदानकेन्द्र र हेटौँडा उपमहानगरपालिकाका १९ वडामा ९८ मतदानकेन्द्र रहने अनुमान गरिएको छ ।
जिल्लाको निर्वाचन कार्यलाई शान्तिपूर्ण सम्पत्र गर्न एकीकृत रुपमा शान्ति सुरक्षाका लागि विभित्र चरणमा कार्यतालिका बनाई संवेदनशील क्षेत्रमा थप सुरक्षाका लागि जनशक्ति परिचालन गरिने एवम् निर्वाचनका आचारसंहिताको प्रतिपालन र दलगत रुपमा उम्मेदवारले आफ्नो प्रचारप्रसार गर्ने क्रममा निर्वाचनको आचारसंहितालाई आत्मसात् गर्ने र उम्मेदवारले अन्य दलको कार्यक्रमलाई अवरोध नगर्नेसमेत सर्वदलीय बैठकमा प्रतिबद्धता व्यक्त गरिएको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताए ।
जिल्लामा सङ्कलन भएको मतदाता नामावलीको तथ्याङ्कअनुसार १८ वर्ष पूरा गरेका स्थानीय नागरिकसमेतका लागि जम्मा ३०८ वटा मतदाता केन्द्र कायम हुन सक्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताए ।
यसैबीच स्थानीय तहको निर्वाचनमा सहभागी हुन मकवानपुर जिल्लामा कार्यरत नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ,माओवादी केन्द्र, राप्रपा, नेकपा माले लगायत सानासाना दलहरुले प्रत्येक गाउँपालिका र नगरपालिका क्षेत्रमा पुगेर चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












