स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा
हेटौँडा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहमा मकवानपुर जिल्लाको साविक ३५ गाविसमध्ये हाल पुनःसंरचनाअनुसार आठ गाउँपालिका कायम गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।
पुनःसंरचनाअनुसार अहिले मकवानपुरमा वाग्मती गाउँपािलका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भिमफेदी गाउँपालिका कायम गरिएकोे छ ।
यसैगरी उत्तरतर्फ मकवानपुरमा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत आठ गाउँपालिका, एक थाहा नगरपालिका र एक हेटौँडा उपमहानगरपालिकामा स्थानीय निर्वाचन प्रयोजनका लागि कुल १६४ वटा मतदानस्थलको सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगबाट मतदाता नामावली अद्यावधिक भई आइनसकेकाले मकवानपुरमा हाल मतदाता सङ्ख्या उल्लेख गर्न असम्भव भएको छ ।
जिल्लाका आठवटै गाउँपालिकाबाट अध्यक्ष उपाध्यक्ष र थाहा नगरपालिकाका तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख उप्रप्रमुखसहित अब हुने निर्वाचनमा २० जना तथा कुल १०२ वडाबाट वडा अध्यक्ष र सदस्य गरी जम्मा ५३० जना निर्वाचित हुनेछन् ।
यसैगरी स्थानीय तहको निर्वाचनतर्फ जिल्लाको थाहा नगरपालिकाका १२ वडामा ३९ मतदानकेन्द्र र हेटौँडा उपमहानगरपालिकाका १९ वडामा ९८ मतदानकेन्द्र रहने अनुमान गरिएको छ ।
जिल्लाको निर्वाचन कार्यलाई शान्तिपूर्ण सम्पत्र गर्न एकीकृत रुपमा शान्ति सुरक्षाका लागि विभित्र चरणमा कार्यतालिका बनाई संवेदनशील क्षेत्रमा थप सुरक्षाका लागि जनशक्ति परिचालन गरिने एवम् निर्वाचनका आचारसंहिताको प्रतिपालन र दलगत रुपमा उम्मेदवारले आफ्नो प्रचारप्रसार गर्ने क्रममा निर्वाचनको आचारसंहितालाई आत्मसात् गर्ने र उम्मेदवारले अन्य दलको कार्यक्रमलाई अवरोध नगर्नेसमेत सर्वदलीय बैठकमा प्रतिबद्धता व्यक्त गरिएको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताए ।
जिल्लामा सङ्कलन भएको मतदाता नामावलीको तथ्याङ्कअनुसार १८ वर्ष पूरा गरेका स्थानीय नागरिकसमेतका लागि जम्मा ३०८ वटा मतदाता केन्द्र कायम हुन सक्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताए ।
यसैबीच स्थानीय तहको निर्वाचनमा सहभागी हुन मकवानपुर जिल्लामा कार्यरत नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ,माओवादी केन्द्र, राप्रपा, नेकपा माले लगायत सानासाना दलहरुले प्रत्येक गाउँपालिका र नगरपालिका क्षेत्रमा पुगेर चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












