प्रधानमन्त्री दाहाल र निर्वाचन आयोग पदाधिकारीबीच छलफल हुँदै
काठमाडौं । चीन भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटर्वार्ता गर्न लागेका छन् ।
स्थानीय तहको निर्वाचनको तयारी र आयोगका काम कारबाहीका बिषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त लगायत आयोग पदाधिकारीसंग छलफल गर्न लागेका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे हुने भेटमा निर्वाचन आयोगले आफ्नो तयारी र काम कारबाहीमा भएको समस्याका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनेछ ।
बिभिन्न समस्याका कारण ८ जिल्लाले मतदान सिफारिस नगर्दा आयोगले मतदान केन्द्र निर्धारण गर्न सकेको छैन । आयुक्त नरेन्द्र दाहालले तराईका केही जिल्लामा समस्याका कारण मतदान केन्द्र निर्धारण गर्न ढिलाई भईरहेको बिषयमा प्रधानमन्त्री दाहालसंग छलफल गरिने जानकारी दिए ।
बैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनको तयारीमा युद्ध स्तरमा जुटेको आयोगले अहिले सम्म भएको कामकारबाहिका बिषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनेछ । साता व्यापी चीन भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री दाहालले निर्वाचनको बिषयमा आशंका गर्न छाडेर मधेशी मोर्चालाई सहमतीमा ल्याउन आफुले निर्णायक पहल गर्ने बताएका थिए ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












