चुनाव अघि नै नयाँ शक्ति र संघीय समाजवादीबीच पार्टी एकता गर्न पहल सुरु
काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ । नयाँ शक्तिको वार्ता टोलीका संयोजक रामचन्द्र झाले पार्टीको बैठकमा चुनाव अघि नै पार्टी एकता हुने संकेत दिएका छन् ।
पार्टीको केन्द्रीय परिषद्को बैठकमा झाले वैशाख १ गते पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकता हुने बताए । बैठकमा सहभागी एक नेताले भने, ‘उहाँ निकै उत्साहित देखिनु भएको थियो । ठूलो ध्रुविकरण ‘पार्टी एकता’ हुन्छ भन्नु भएको छ ।’
झाले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि नयाँ शक्तिसँग एकता वार्ता भइरहेको स्वीकार गरेका छन् ।
फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ शक्ति निकटतम शक्तिमा पर्ने र आफ्नो पार्टी पनि एकीकरणको पक्षमा रहेको बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












