नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला मुलुकले प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताउनुभएको छ ।
नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो – “नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन् ।”
उहाँले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गर्नुभयो ।
राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा (माओवादी)का अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताउनुभयो ।
प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उहाँले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गर्नुभयो ।
छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी हुनुहुन्थ्यो ।
इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा राम थपलियाले म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्राष्ट्रिय समुदायमा मान्यता हासिल हुनु हो भन्नुभयो ।
म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












