नगर प्रमुखमा काँग्रेस युवा नेताको चर्चा
विदुर । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका प्रमुख दलहरुबीच कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
करिब ४० हजार जनसंख्या भएको बेल्कोटगढीमा नेपाली कांग्रेसबाट आधादर्जनको नाम चर्चा आएको छ । कांग्रेसबाट प्रताप लामा शुकदेव दाहाल, शिव दाहाल, शिव देवकोटा,जयराम दाहाल, भुविन्द्र बानियाँ, यादव नेपाल, बैकुण्ठ पाण्डे, इन्द्र लामा लगायतको चर्चा रहेको छ ।
कांग्रेसमा लामो समयदेखि राजनीति गरिरहेका र युवाहरुकाबीच लोकप्रिय रहेका कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा दुईपिपलका युवा व्यक्तित्व शुकदेव दाहाल पछिल्लो समय युवाहरुकाबीच लोकप्रिय बन्दै गएको कांग्रेसका एक नेताले बताए ।
दाहालसहित नेविसंघ केन्द्रीय सदस्य रहेका जयराम दाहाल लगायतका युवाहरुमध्येबाट उम्मेदवार बनाउनु पर्ने भन्दै युवाहरुले दवाव बढ्दो रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । यस्तै एमालेबाट सुदर्शन नेपाल, बासु कडवाल, राजेन्द्ररमणखनाललको चर्चा रहेको छ ।
यस्तै माओवादीबाट जगत लामा, रामप्रसाद ढुंगाना र ठाकुर पुडासैनीको चर्चा रहेको छ भने राप्रपाबाट जयबहादुर लामाको चर्चा रहेको छ ।
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












