मुठीदानबाट चुनावी खर्च जुटाउने नयाँ शक्तिको तयारी
काठमाडौं । नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनमा ‘मुठीदान’ संकलन गर्ने भएको छ । पार्टी आर्थिक संकटमा परेको निष्कर्षसहित निर्वाचनमा मुठीदानजस्तो जस्तो वैकल्पिक विधिहरु प्रयोग गरेर खर्च व्यवस्थापनको कार्ययोजना तयार पारिएको हो । एक जनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने । मुठीदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने । यस्तो सहयोगलाई जोरजबर्जस्ती नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने बुधबार सार्वजनिक गरिएको निर्वाचन कार्ययोजनामा उल्लेख छ ।
निर्वाचनमा सहभागी हुँदा आर्थिक स्रोत धेरै आवश्यक पर्ने भएकाले विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने नयाँ शक्तिको जोड छ । उक्त पार्टीले दाताबाट चन्दामात्रै नउठाई पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गरेर आर्थिक प्रवर्द्धन गर्ने नीति पनि लिएको छ । जुन सामग्री शाखा वा पार्टी सहयोगीहरुमार्फत कार्यकर्ता शुभेच्छुकलगायत विदेशमा बिक्री गरेर आम्दानी गरिनेछ ।
न्युनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतासँग विधिसम्मत र पारदर्शी ढंगले सहयोग संकलन गर्ने भन्दै नयाँ शक्तिले निर्वाचनमा फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिसँग प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता सो पार्टीको छ । निर्वाचन प्रयोजनका लागि केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर सात प्रदेशमा सातवटा साँस्कृतिक कार्यक्रम र त्यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीब्रेटीहरुले प्रदर्शन र प्रस्तुति दिने नयाँ शक्तिले बताएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












