आईजीपी प्रकरणमा कांग्रेस र शेरबहादुर देउवाविरुद्ध आजदेखि सर्वाेच्चमा बहस हुँदै
काठमाडौं २४ चैत । नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाएर परेको आइतबार दायर अदालतको अवहेलना मुद्दामा आज सर्वोच्च बहस हुने भएको छ ।
अधिवक्ता हरि मैनालीले रिट दायर गरेको रिटको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कांग्रेस केन्द्रीय समितिले निर्णय र र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मैनालीले रिट दायर गरेका थिए ।
सर्वोच्चको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।
कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भनेको छ । अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाासम्म नरिवाना वा दुबै सजाय हुन सक्छ ।
Comments
अरु समाचार
-
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
काठमाडौँ, १० मङ्सिर : निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई...
-
रास्वपा सभापति अझै १५ दिन हिरासतमा
गण्डकी: सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५...
-
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
काठमाडौँ: पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी...
-
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले गर्यो सर्वोच्चमा पुनरावेदन
काठमाडौँ, ८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास,...
-
एमालेले दरबारमार्गमा आज जागरण सभा गर्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह...
-
अल्झनमा नलागेर जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको...
-
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्...
-
“उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ”
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन् । नेपाल डेमोक्र्याटिक...