नयाँ शक्तिको यस्तो पो नयाँ रै’छ !
काठमाडौं । यतिबेला दुइटा पार्टी आन्दोलनमा छन् । एउटा डा. बाबुराम भट्टराईको नयाँ शक्ति भइहाल्यो । अर्को उपेन्द्र यादवको संघीय समाजवादी फोरम । दुवै दल आन्दोलनमा भए पनि माग भने नितान्त फरक छन् । अझ उल्टै छन् भन्दा पनि फरक नपर्ला ।
नयाँ शक्ति आफूलाई चुनावमा भाग लिनबाट बञ्चित गरेकोले आन्दोलनमा छ । फोरम आफूलाई जबर्जस्ती चुनावमा भाग लिन लगाउन खोजेकोले आन्दोलनमा छ । फोरम चुनावमा जान चाहिरहेको छैन, त्यसैले आन्दोलनमा छ । नयाँ शक्ति जसरी हुन्छ चुनावमा जान खोजिरहेको छ, त्यसैले आन्दोलनमा छ ।
तर, अनौठो के भने चुनावका बारेमा यति उल्टो पाल्टो बिचार राख्ने यिनै दुइटा पार्टी अहिले एकीकरण पनि हुँदैछन् । अचम्म छैन त ? दुइटा पार्टी कसरी एकीकरण हुन्छ ? एउटा चुनावमा भाग नलिने पार्टी, अर्को चुनावमा भाग लिने पार्टी । केही गरी फ्याट्ट एकीकरण भइहाल्यो भने चुनावमा यो पार्टीले के गर्ला ?
भाग लेला कि नलेला ? अथवा चीनमा ‘वन कन्ट्री टु सिष्टम’ भने जस्तै यो पार्टीमा पनि ‘वन पार्टी टु सिष्टम’ हुने हो कि ? जसलाई भाग लिनु छ उसले भाग लिने, जसलाई बहिष्कार गर्नु छ उसले बहिष्कार नै गर्ने । पार्टी एउटै हो तर चुनाव नीतिचाहिँ दुइटा ! के यस्तो हुने सम्भावना छैन ? एकीकरण भएपछि पार्टीको नाम पनि नयाँ नै आउँछ होला । नयाँ नामचाहिँ के राख्ने होला ? ‘नयाँ फोरम’ भनेर राख्ने हो कि ? वा ‘नयाँ शक्ति नेपाल संघीय समाजवादी फोरम नेपाल’ अर्थात छोटकरीमा ‘नशनेसंसफोने’ भनेर राख्ने हो कि ? केही सोच्नुभएको होला नि !
जनआस्था साप्ताहिकमाबाट
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












