इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीद्वारा तीन महिने सङ्कटकालको घोषणा
कायरो । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गर्नुभएको छ ।
आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु भएपछि उहाँले संकटकालको घोषणा गर्नुभएको हो ।
“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट भराइएको थियो ।
उहाँले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ ।
सङ्कटकाल घोषणा गर्दै उहाँले जिहादिष्ट विरुद्धमा पिडादायक र निकै लामो लडाइ लड्ने बताउनुभयो ।
कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्च गराइएको पहिलो विस्फोटनमा परी २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो ।
त्यसैगरी अर्को विस्फोटन एलेक्जान्ड्रीयामा रहेको मार्कको चर्चमा भएको थियो । सो विस्फोटनमा परी चार जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन् । आक्रमणकारीले आत्मघाती हमला गरेको गृहमन्त्रीको भनाइ छ ।
टान्टामा भएको विस्फोटमा कम्तीमा ७८ जना र एलेक्जान्ड्रीयामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले बताउनुभयो ।
इजिप्टमा भएको विस्फोटमा परी ठुलो सङ्ख्यामा मानवीय क्षति भएको प्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।
आइएसले सामाजिक सञ्जालबाट बक्तव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको स्पष्ट पारेको छ । साथै आइएसले घटनाको जिम्मेबारी पनि लिइएको जनाएको छ ।
सङ्कटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ ।
सङ्कटकालको कार्यान्वयनसँगै अधिकारीले विना पूर्जी मानिसलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् ।
रासस/एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












