ट्रम्पको प्रशासनले दियो वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी
लन्डन । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ । यीमध्ये केही दशकौँसम्म अस्तित्वमा थिए, व्यापारिक नेताहरूले वातावरणीय दिगो नीतिको आवश्यकतालाई बढ्दो रूपमा स्वीकार गरिरहेका छन् र सोही अनुरूप काम गरिरहेका छन् ।
कुनै बखत ट्रम्पले मौसम परिवर्तन अमेरिकी अर्थतन्त्र कमजोर बनाउने चिनियाँ छल भएको बताएका थिए र उनले कोइला उत्पादकलाई जलमार्गमा फोहर थुपार्न प्रतिबन्ध लगाउने ‘‘नदी संरक्षण नियम’’ खारेज गरिसकेका छन् । अब कटानमा पर्ने वस्तु ‘‘स्वच्छ ऊर्जा योजना’’ हुनसक्छ । यसले ऊर्जा उत्पादन संयन्त्रबाट उत्सर्जन हुने हरितगृह ग्यासको सीमा तोकेको छ । यो मुलुकमा कार्बन डाइअक्साइड उत्सर्जन गर्ने सबैभन्दा ठूलो स्रोत हो र सन् २०३० सम्म ऊर्जा क्षेत्रले कार्बन प्रदूषण सन् २००५ को स्तरभन्दा ३२ प्रतिशत घटाउने लक्ष्य राखिएको छ । ट्रम्पको प्रशासनले विश्वका सरकारहरू सन् २०१५ मा बचनबद्ध भएको पेरिस मौसम सम्झौताबाट हट्ने चेतावनी समेत दिएको छ ।
एक दशकअगाडि, व्यापारिक नेताहरू आफ्ना कम्पनीका व्यवहारका सीमा घटाउँदै लागत घटाउन र अवसर बढाउन सक्ने यस्ता वातावरणीय प्रतिगामी नीतिलाई ठूलै रूपमा स्वागत गर्थे होलान् । तर आज, अनियमीकरण तथा कर कटौती मात्र होइन कोइलालाई पुनः स्थापना गर्ने खरबौँ डलर खर्च हुने आधारभूत संरचनाका योजनामा लगानी जस्ता ट्रम्पका व्यापारमैत्री प्रतिज्ञालाई बजारले बलपूर्वक अस्वीकार गरिरहेको छ र व्यापारिक नेताहरू यसप्रति सावधान भएका छन् ।
विशेष गरि पेरिस मौसम सम्झौताबाट फिर्ता हुने सम्भावनाप्रति उनीहरूले आफ्नो बलियो अडान राखेका छन् । एउटा न्यून नियमीकरणको अर्थतन्त्रबाट जेसुकै फाइदा प्राप्त गर्नसकिए पनि अमेरिकी व्यापारको सफलताका लागि महत्वपूर्ण ठानिएका वातावरणीय प्रतिवद्धतालाई अस्वीकार गर्दाको हानि पूर्ति गर्न सकिन्न ।
केहीले यस विषयमा आफ्नो भनाइ सुनाउन थालिसकेका छन् । ट्रम्पको निर्वाचनपछि धेरै अमेरिकीसहित करिब ९०० कम्पनी तथा लगानीकर्ताले पेरिस सम्झौताबाट अमेरिकालाई फिर्ता हुन नदिन प्रशासनलाई आग्रह गर्दै ‘‘व्यापारले न्यून कार्बन समर्थन गर्छ’’ भन्ने खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् । यी कम्पनीमा ठूला बहुराष्ट्रिय व्यापारिक संस्था पनि समावेश छन् र उनीहरू न्यून कार्बनको अर्थतन्त्र निर्माण गर्न नसकिए अमेरिकी समृद्धि खतरामा पर्नेछ भन्ने विश्वास गर्छन् ।
यस दृष्टिलाई सहयोग गर्न हालै राम्रो अनुसन्धान भएको छ । इनर्जी इनोभेसनले गत महिना गरेको एक अध्ययनले स्वच्छ ऊर्जा योजनाको अन्त्य गर्ने हो भने मात्रै पनि सन् २०५० सम्म ६०० अर्ब अमेरिकी डलर बराबर खर्च हुन्छ र एक लाख २० हजार व्यक्तिको उमेर नपुग्दै मृत्यु हुन्छ भन्ने देखाएको छ ।
यसको विपरीत बढी दिगो अर्थतन्त्र निर्माण गर्ने प्रयासले निकै परसम्म फाइदा दिनेछ । अमेरिकी व्यापारिक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नगरपालिका र सङ्घस्तरीय नेताहरूको नेतृत्वमा रहेको रिस्की बिजनेस प्रोजेक्टले डिसेम्बर महिनामा दिएको एक प्रतिवेदनले कार्बन डाइअक्साइडको उत्सर्जन ८० प्रतिशतले कम गर्दा सन् २०५० सम्म इन्धनको लागतमा बचत त्यसका लागि आवश्यक पर्ने पूँजीभन्दा १५० अर्ब अमेरिकी डलरले बढी हुने देखाउँछ ।
गत जनवरीमा मैले अध्यक्षता गरेको बिजनेस एण्ड सस्टेनेबल डिभलपमेन्ट कमिसनले आफ्नो प्रमुख प्रतिवेदनमा दिगो व्यापारका विधि पछ्याउँदा विश्वव्यापी रूपमा १२ हजार अर्ब अमेरिकी डलर बराबर आय तथा बचत प्राप्त गर्नसक्ने अनुमान गरेको थियो । यस्तो विधिले सन् २०३० सम्म खाद्य तथा कृषि, ऊर्जा, यातायात, स्वास्थ्य तथा नगरपालिका प्रशासन सहित प्रमुख आर्थक क्षेत्रमा ३८ करोड रोजगारी सिर्जना गर्नसक्छ । ऊर्जा क्षेत्रको अवसर मात्र ४.३ हजार अर्ब अमेरिकी डलर बराबर रहेको छ ।
सङ्ठित व्यापारिक रणनीति बढ्दो रूपमा यी नतिजाको रेखाभित्रै पर्न थालेका छन् । सन् २००५ मा अमेरिकी गोल्ड कोस्टलाई नष्ट गर्ने र वालमार्टमा आधारत हुने उपभोक्तालाई नराम्रोसँग प्रभावित बनाउने समुद्री आँधी क्याट्रिनाले दिएको पीडाका समयमा वालमार्टका तत्कालिन प्रमुख कार्यकारी अधिकृत ली स्कटले कम्पनीका सबै कर्मचारीसमक्ष ‘‘एक्काइसौँ शताब्दीको नेतृत्व’’ शीर्षकमा प्रभावशाली भाषण दिएका थिए । स्कटले वालमार्टका लागि एउटा बढी जिम्मेवार सङ्गठित व्यापारिक नागरिक बन्न विस्तृत दृष्टिको भागको रूपमा महत्वपूर्ण वातावरणीय लक्ष्य तय गरेका थिए ।
आज, वालमार्ट सौर्य तथा स्थलगत पुनः उपयोगी ऊर्जा उपयोग गर्ने प्रमुख व्यापारिक संस्था बनेको छ र पुनः उपयोगी स्रोतबाट उसले विश्वभरमा आफ्नो ऊर्जा आवश्यकताको २५ प्रतिशत भाग पूर्ति गरिरहेको छ । (स्कटले तय गरेअनुसार कम्पनीले ऊर्जाको सम्पूर्ण भाग पुनः उपयोगी स्रोतमा आधारित बनाउने लक्ष्य लिएको छ ।) आफ्ना ट्रकहरूको समूहको प्रभावकारिता वृद्धि गरि सन् २००५ देखि २०१५ सम्म वालमार्टले करिब छ लाख ५० हजार मेट्रिक टन कार्बन डाइअक्साइडको उत्सर्जन हटाएको छ र सन् २०१६ मा मात्र करिब एक अर्ब अमेरिकी डलर बचत गरेको छ ।
अर्को कम्पनी मार्स इन्क पनि यस्तै मार्गमा छ । ‘‘व्यापारले न्यून कार्बन समर्थन गर्छ’’ भन्ने खुल्ला पत्रमा हस्ताक्षर गर्ने मार्सले बढी प्रभावकारिता कायम गरि तथा हावाबाट चल्ने मेसिन जस्ता पुनः उपयोगी ऊर्जा परियोजनामा लगानी गरि सन् २०४० सम्म आफ्नो हरितगृह ग्यास उत्सर्जन पूर्णरूपमा रोक्न काम गरिरहेको छ ।
दिगो तथा समावेशी अर्थतन्त्र (हाम्रो आयोगको प्रतिवेदनको मुख्य सन्देश¬) सिर्जना गर्न व्यापारिक नेतृत्व तथा सामूहिक कारवाही आवश्यक पर्छ तर निजी क्षेत्रले एक्लो रूपमा काम गर्न सक्दैन । उत्कृष्ट कार्य गर्ने दौडलाई अभिप्रेरणा दिने बजार अवस्था सिर्जना गरि तथा अमेरिकालाई प्रतिस्पर्धि तथा खोजमूलक बनाउन आवश्यक वित्त उपलब्ध गराइ दिगो क्रियाकलाप विस्तार गर्न सहयोग गरी सरकार पनि सक्रिय साझेदार बन्नुपर्छ ।
वातावरणलाई हानि पु¥याउने ट्रम्पका नीतिको विरोध गर्नु मात्र साधारणतया पर्याप्त हुँदैन, यसैले दिगो तथा हरित खोज अभ्यास गर्न अभिप्रेरणा दिने वातावरण सिर्जना गर्न अमेरिकी अधिकारीहरूलाई लगाउन व्यावसायले उहाँको प्रशासनलाई आफ्नो पक्षमा ल्याउनुपर्छ । घरेलु रूपमा बढ्दो सङ्ख्याको व्यापारले कार्बन उत्सर्जनमा खर्च तिर्ने र कार्बन उत्सर्जनमा प्रभावकारिता ल्याउँदा कर छुट पाउने जस्ता कुरा अवलम्बन गर्न खोजिरहेका छन् यस्ता कुरा उक्त वातावरणमा पर्नसक्छन् ।
ट्रम्पको आफ्नै व्यापारले पनि सरकारका यस्ता हस्तक्षेपको फाइदा लिएको छ । सन् २०१२ मा ट्रम्पले ऊर्जा प्रभावकारिता अभिप्रेरणाको रूपमा १० लाख अमेरिकी डलर प्राप्त गरेको र न्यु योर्क राज्यबाट न्यून ब्याजदरको ऋण लिएको न्यु योर्क टाइम्सले हालै समाचार दिएको छ ।
आवश्यक कारवाहीलाई अभिप्रेरित गर्न गैरदलीय आधारको प्रमुख कार्यकारी अधिकृतहरूको निष्पक्ष समर्थन प्राथमिक कुरा बन्नसक्छ । पेरिसको मौसम सम्मेलन अगाडि वातावरणवादीहरूले मौसम परिवर्तन सीमित बनाउन सम्झौता गराउन चाहेका छन् भनि राजनीतिज्ञहरूलाई थाहा थियो र उनीहरूले प्रमुख कार्यकारी अधिकारी तथा सञ्चालकहरूले पनि यस्तै अनुभव गरेको थाहा पाएपछि अन्त्यमा सोही अनुसार काम गर्न बाध्य भए ।
व्यापारिक नेताहरूले ट्रम्पलाई उनीहरू कोइला, प्रदूषण तथा पृथ्वीको तापक्रम वृद्धि गर्ने कुराको अभिप्रेरक होइनन् भनि देखाउनुपर्छ । उनीहरू उपभोक्ता, शेयरहोल्डर, कर्मचारी तथा आफू सञ्चालन हुने समुदाय जस्ता आफ्ना सरोकारवालाको अभिरुचिभित्र रहेका सज्ञान वातावरणवादका सर्वोत्तम दृढ व्यक्तिहरू हुन् ।
(मार्क म्यालक ब्राउन, संयुक्त राष्ट्र सङ्घका पूर्व उपमहासचिव तथा बेलायती विदेश मन्त्रालयमा अफ्रिकाका लागि राज्यमन्त्री तथा बिजनेस एन्ड सस्टेनेबल डिभलपमेन्ट कमिसनका अध्यक्ष हुनुहुन्छ । अनुवाद : सुरेन्द्रबहादुर नेपाली) रासस/प्रोजेक्ट सिन्डकेट
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











