भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड
भक्तपुर, १ वैशाख । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।
नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराति ९ः४५ बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट हजाराँैको सङ्ख्यामा जात्रा हेर्न बिहानैदेखि भीड लागेको छ ।
चैत मसान्तको दिन साँझ गःहिटीमा रहेको भैरवलाई बलि चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पु¥याउनेबित्तिकै ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवम् पूजा गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ ।
बिहीबार साँझ लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाँच्चिएर एकजनाको ज्यान गएको र पाँचजना घाइते भएपछि स्थानीयवासीले राति १० बजे अर्को लिङ्गो उठाएका थिए ।
लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।
किंवदन्तीअनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले छोरीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग बिहे गर्न धेरै आए र बिहे गरे । बिहे गरेकै रात राजकुमारको मृत्यु हुने भएकाले राजाले आफ्नो शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरे ।
एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग बिहे गरे र राति ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग–नागिनी निस्केर अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नाग–नागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।
यसरी अजिङ्गरको स्वरूप हुने नाग–नागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको र नाग–नागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको गोलो परेको लिङ्गो भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।
नेपाल संवत् २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दाअघि नै यो जात्राको परम्परा सुरु भइसकेको र यो जात्रालाई राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतविद् श्रीओम कायस्थले बताए ।
नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित ९नाग म¥यो०, बिय जात्रा ९नागको जात्रा०, वीःस्यात ९नाग मारियो० हुँदै पछि विश्वजात्रा र त्यसबाट पनि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् ।
इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै ‘वि’ को अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतीक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउनुहुन्छ । बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने र बिस्केट जात्रा मसान जात्राका रुपमा मृत आत्माको मुक्तिका लागि पनि मनाइने उनको भनाइ छ । रासस
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...












