स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन : वरिष्ठ नेता खनाल
काठमाडौँ, १ वैशाख । नेकपा ‘एमाले’का वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउनुभएको छ ।
एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनका नेता भोलनाथ पोखरेलले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने र एमालले रोक्न नदिने बताउनुभयो ।
वरिष्ठ नेता खनालले निर्वाचन भाँड्नका लागि अनेक ढङ्गले लागेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई सबैले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान कार्यान्वयन, देशमा शान्ति, स्थायित्व र विकासका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको र सोही अनुसार निर्वाचनको तयारी गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत गर्नुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनका नेता पोखरेलले श्रमिक कर्मचारी हकहितका लागि कर्मचारी सङ्गठन आवश्यक रहेको बताउनुभएको थियो । रासस
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












