निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार : उपप्रधान तथा गृहमन्त्री निधि
खजुरा (बाँके), ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामी निर्देशन गर्ने र योजना बनाउने हो, कार्यान्वयन गर्ने तपाईंहरु हो, त्यसैले तपार्इंहरुको भूमिका महत्वपूर्ण छ, हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्वाचन सम्पन्न गराउन हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।”
उपप्रधानमन्त्रीसमेत रहनुभएका गृहमन्त्री निधिले यो मुलुकको लागि ऐतिहासिक पुनःसंरचना भई लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले सबैले यसमा सहभागिता जनाउनुपर्ने बताउँदै अब नागरिकका अधिकार सुनिश्चित हुने बेला आएको छ भन्नुुभयो । उहाँले भन्नुभयोे – “यो बैठकले क्षेत्र, अञ्चल र जिल्लाका सुरक्षा व्यवस्था रणनीतिका विषयमा छलफल गरी विशेष प्याकेज तयार गर्नेछ ।”
गृह सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गृह मन्त्रालयका सहसचिव तथा सुरक्षा समन्वय महाशाखा प्रमुख बालकृष्ण पन्थीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गोष्ठीमा क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र मध्यपश्चिमाञ्चल क्षेत्रका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा प्रमुखको सहभागिता रहेको छ ।
गोष्ठीमा जिल्लागत रुपमा सुरक्षा अवस्थाका विषयमा प्रस्तुतीकरण र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक योजनालगायतका विषयमा विशेष छलफल गरी योजना तयार गरिने जनाइएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












