एमालेका सात सिफारिस, दल उम्मेदवार छान्दै
सोलुखुम्बु, ८ वैशाख । नेकपा (एमाले) सोलु दूधकुण्ड नगरपालिकाको बैठकले नगरपालिकाको मेयर पदको उम्मेदवारमा सातजनाको नाम सिफारिस गरेको छ ।
नगर सङ्गठन कमिटीको बिहीबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि आङदामी शेर्पा, डाकबहादुर राणापाल, दोर्जी जाङ्बु लामा, बच्चुनारायण श्रेष्ठ, वीरउदाश श्रेष्ठ, रामकाजी श्रेष्ठ र सन्तोष मगरको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, बिहीबार नै बसेको जिल्ला कमिटी बैठकले पनि नाम टुङ्गो लगाउन नसकेपछि सातैजनाको नाम प्रदेश सभामा पठाउने निर्णय गरेको छ । सो नगरपालिकाको उपमेयरका लागि कल्पना राई, मोहनकुमारी कार्की, सूर्यकुमारी सुनुवार र याङ्डी लामाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।
सोलु दूधकुण्ड नगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र)ले यसअघि नै ङिमातेण्डुप लामालाई मेयर पदको उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली काँग्रेसलगायत अन्य दलले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।
नेकपा (एमाले)ले हालसम्म जिल्लाका तीनवटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले लिखुपिके गाउँपालिकाको प्रमुखमा पोष्टकुमार कार्की, खुम्बु पासाङल्हामु गाउँपालिकामा ङिमदोर्जी शेर्पा र दूधकोसी गाउँपालिकामा बुद्धिकिरण राईलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले सोलु दूधकुण्ड नगरपालिकामा ङिमातेण्डुप शेर्पा, दूधकोसी गाउँपालिकामा आशमान राई, दूधकौसीका गाउँपालिकामा अशिम राई र लिखुपिके गाउँपालिकाको प्रमुखमा डम्बरबहादुर बस्नेतलाई प्रमुख पदको उम्मेदवार घोषणा गरिसकेको छ ।
अन्य स्थानीय तहमा भने हालसम्म कसैले पनि उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । अहिले दलहरु उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताइएको छ । स्थानीय तहको प्रमुख पद तथा वडा प्रमुख पदमा आकाङ्क्षी धेरै भएकाले नेपाली काँग्रेस र नेकपा (एमाले)लाई उम्मेदवार छान्न कठिन भएको बताइएको छन् । रासस
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...













