हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छ : नेता लोहनी
नुवाकोट, ८ वैशाख । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा । प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।
एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताए ।
‘आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दू धर्मावलम्बी रहेको नेपाली भूमिलाई हिन्दू राष्ट्र घोषणाका लागि अभियान चलाउनेछ,’ लोहनीले भने, ‘मन्दिरहरुको सहर, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमिमा धर्मको व्यापार बन्द गराउने काम बन्द गराउन मुलुक हिन्दू राष्ट्र हुनुपर्छ ।’
पार्टी एकतापछि राप्रपाबाट असन्तुष्ट भएर नयाँ पार्टी स्थापना गरेका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताए । ‘मुलुकमा जाति, धर्म, भूगोल, भाषा अविश्वास र बिखण्डनले ठूलो खतरा रहेकाले सबैलाई समन्वय गर्न विघटित राजसंस्थाको पुनर्वहाली हुनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रका लागि राजसंस्था समस्या होइन, यसलाई संविधानको परिधिमा राख्नुुपर्छ ।’
कार्यक्रममा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजङ्ग उप्रेती, सङ्गठन विभाग प्रमुख तारानाथ लुइँटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामकुमार केसी, झनक प्याकुरेललगायतले नयाँ शक्तिका रुपमा उदाएको पार्टीलाई भ्रष्टाचारमुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीका रुपमा सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
नयाँ पार्टीका रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिह्न हलो नपाए पनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
रासस
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












