अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता
बेइजिङ्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ ।
केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य बिषयबस्तु बनाउनु भएको पनि ज्ञात भएको छ ।
चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रपति जिनपिङ्गले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पार्नु भएको छ ।
कुनै पनि राष्ट्रले सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उहाँले बताउनु भएको छ ।
साथै, कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तोसुकै सहयोग गर्न तत्पर रहेको पनि राष्ट्रपति जिनपिङ्गले बताउनु भयो ।
त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निरश्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अबलम्बन गर्नु पर्ने पनि राष्ट्रपति जिनपिङ्गले बताउनु भएको छ ।
दुबै देशको साझा समस्या निराकरण गर्ने दिशामा सहकार्य गर्न चीन अग्रसर रहने र निर्वाह गर्नु पर्ने भूमिका चीनले समय मै पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि राष्ट्रपति जिन पिङ्गले बताउनु भएको जनाइएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











