भेनेजुएलाको कारागारमा १२ जनाको मृत्य
कराकस । भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् ।पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।
निजी क्षेत्रबाट प्रकाशित हुदै आएको एल युनिभर्सल नामक दैनिक पत्रिकाले कैदीहरु र सुरक्षा गार्डहरुका बीचमा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको जनाएको छ ।
मङ्गलबार दिउसो १ बजेदेखि बेलुका ६ बजे सम्म भिडन्त चलेको पत्रिकाले लेखेको छ । कैदीहरुले कारागार नै नियन्त्रणमा लिन खोजेपनि भिडन्त भएको बताइएको छ ।
कारागार भित्र रहेका इल बालु, इल यान र कासानोभा नामका कैदीहरुको समुहले कारागारमा हिंसा भड्काएको र उनीहरुको मृत्यु भएको पत्रिकाले जनाएको छ ।
भेनेजुएलाका कारागार मामिला मन्त्री आईरिस भारेलाले ९ जना गोली लागि मरेका्, दुई जना औषधीको अत्याधिक प्रयोग र एक जनाको कुटाईका कारण मृत्यु भएको जानकारी दिए ।
उहाँले अरु १० जना घाइतेलाई अदालतमा बुधबार देखिएको बताए । उनीहरुलाई कारागारमा हिंसा भड्काउन जिम्मेबार रहेको भन्दै अदालतमा लगिएको बताइएको छ ।
मन्त्री भरेलाले राष्ट्रपति निकोलास मदुरोकाविरुद्धमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले कैदीहरुलाई ५० हजार अमेरिकी डलर दिएर हिंसा भड्काउन उक्साएको आरोप लगाउनु भएको छ ।
मदुरोविरुद्धमा विगत चार हप्तादेखि भईरहेको प्रदर्शनका क्रममा अहिले सम्म झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । प्रदर्शनकारीहरुले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












