सिरियामा शान्ति वार्ताको झिनो प्रयास
जेनेभा। संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।
सिरियामा पछिल्लो समयमा हिंसा थप भड्किएको छ । जसका कारण विश्वमा सिरियाको विषयमा के कस्तो निकास निकाल्ने भन्ने बारेमा छलफल भएको राष्ट्रसंघले जानकारी दिएको छ ।
उक्त कार्यको तयारीको बारेमा संयुक्त राष्ट्रसंघले हालै जानकारी दिएको बताइएको छ । सिरियामा पछिल्लो समयमा हिंसा थप बढ्दै गएकोले निकासका लागि यो प्रयास भएको हो ।
सिरियामा शान्ति वार्ताको तयारी भएको छ– राष्ट्रसंघका एक अधिकारीले जानकारी दिए । उनका अनुसार केही समयमै सिरियाली मध्यस्थकर्ता समूहका सदस्यको बैठक बोलाउने र उनीहरुमार्फत शान्ति वार्ताको पहल सुरु गर्ने बारेमा सो तयारी भएको हो ।
सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरुलाई बैठकका लागि जेनेभामा बोलाइने भएको छ । सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतले सो जानकारी दिएका छन् । उनका अनुसार यो वार्ताको सम्भाव्यताका लागि गर्न लागिएको परामर्श बैठक पनि हो ।
विशेष दूत माइकल कन्टेटले भन्नुभयो– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरुसँग परामर्श भएको छ र उनीहरुलाई जेनेभा बोलाउने बारेमा कुराकानी पनि भएको छ ।
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसंघले जनाएको छ ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसंघीय मध्यस्थकर्ताहरुको बैठक करिब तीन महिना बस्न लागेको हो । यस अघि सो बैठक गत फागुन महिनामा नै जेनेभामा बसेको थियो । त्यस समयमा पनि शान्ति वार्ताका लागि प्रयास थाल्ने जानकारी दिइएको थियो ।
उता सिरियामा हिंसा भने रोकिएको छैन । सो हिंसाको रुप पछिल्लो समयमा बढ्दै गएको छ । सिरियाली सेनाले नै आतङ्ककारीलाई रोक्ने निहूँमा प्रयोग गरेका हतियारहरु रासायनिक र घातक तत्वको प्रयोग भएको बताइएको थियो ।
सिरियामा जारी रहेको सो हिंसाका क्रममा ४ लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।
पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पु¥याउन भने सकिएको छैन ।
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्काे शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसंघले दिएको छ ।
तर उक्त बैठकमा के कति देशको प्रतिनिधित्व हुने हो भन्ने बारेमा भने अझै पनि केही स्पष्ट हुन सकेको छैन । सिरियाली शान्ति वार्ताका लागि केही वर्षअघि नै संयुक्त राष्ट्रसंघले मध्यस्थता समूहको गठन गरिएको थियो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











